
ब्राउनसुगर सहित चार जना पक्राउ
काठमाडौं, ४ वैशाख, काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ करिब १५ ग्राम सहित इलाम सन्दकपुर गाउँपालिका २ बस्ने २२ वर्षीय
प्रोमिश राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै
गरेको प्र.०१.००२ ख ०९४६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी
पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका ५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ करिब ६ सय १० ग्राम ५ सय २० मिलिग्राम सहित झापा
गाउँपालिका ६ बस्ने २२ वर्षीय साफिक उल मिया समेत २ जनालाई शुक्रबार बिहान
प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट
खटिएको प्रहरीले झापाबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने
पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित पटेर्वा सुगौली गाउँपालिका ५ बस्ने २४ वर्षीय गौरी
शंकर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित २४ जना पक्राउ
काठमाडौं, ४ वैशाख, काठमाडौं, टोखा नगरपालिका ८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने दाङ
घोराही उपमहानगरपालिका १५ घर भएका २५ वर्षीय रोहित महरा समेत २ जनालाई
बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको
प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका १० भत्केकोपाटीबाट नियन्त्रित लागूऔषध
ट्रामाडोल ५ सय ९८ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका ८
रातोपाटी बस्ने मकवानपुर घर भएका २७ वर्षीय राजु थिङलाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका ८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ ६ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका ७ बस्ने ३४ वर्षीय माहादेव राना
र २६ वर्षीय सुकविन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट
खटिएको प्रहरीले से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ
सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित गोदावरी नगरपालिका १ बस्ने
२१ वर्षीय राज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेलबाट अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित गोदावरी
नगरपालिका ६ बडैया बस्ने २२ वर्षीय राज कुमार घर्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ
गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका २ बस्ने २७
वर्षीय दिकसन पन्तलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका ११ बटर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल
२ हजार ६ सय १० ट्याब्लेट र एनारगन १ हजार ८ सय १० ट्याब्लेट सहित सोही ठाउँ
बस्ने २२ वर्षीय सुशान्त गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट
जिरौनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका ११ हात्तीसुडबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ८ सुख्खानगर बस्ने ३३
वर्षीय अमृत राना र सोही उपमहानगरपालिका ११ देबिनगर बस्ने ३२ वर्षीय सुरज
गौचनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल
समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका ३ सुरूङगाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका ६ घर भएका २७ वर्षीया
संगिता अधिकारी, २६ वर्षीया अस्मिता मङराती, इलाम फाकफोकथुम गाउँपालिका ४ बस्ने
४७ वर्षीय धन बहादुर खवास, झापा अर्जुनधारा नगरपालिका ६ बस्ने २० वर्षीय दिपेश
सेन्चुरी र २० वर्षीय रोहन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट
खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, कनकाई नगरपालिका ३ टप्पु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने १९ वर्षीय प्रसान्त कुमाल र
सोही नगरपालिका ७ दुर्गापुर बस्ने पाँचथर घर भएका ३२ वर्षीय रोशन सुवेदी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका ११ स्थित पारस अस्पतालको गेट अगाडिबाट
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय ८० मिलिग्राम सहित
२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा
गाउँपालिका ७ बस्ने ४० वर्षीया लालमन मुखिया र भारत बिहार अररिया घर भएका ४४
वर्षीय मो।सरिफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित मकवानपुर हैटौंडा उपमहानगरपालिका ५
सानोपोखरा बस्ने ३३ वर्षीय प्रयास लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ
गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट
लमजुङतर्फ जाँदै गरेको ना.६ ख ४१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार
उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २
ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ भालुबाङ बस्ने रोल्पा घर भएका २२ वर्षीय आकाश
पुन र रोल्पा सुनिलस्मृती गाउँपालिका १ घर २२ वर्षीय उमेश घर्तीमगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले आकाशलाई १ ग्राम १ सय ८०
मिलिग्राम र उमेशलाई १ ग्राम ४ सय ६० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, ४ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने रौतहट घर भएका २९ वर्षीय
अनन्त कोईराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने इलाम घर भएका ४७ वर्षीय
जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका २६ बस्ने तारकेश्वर नगरपालिका(६ घर
भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर, भक्तपुर नगरपालिका १५ बस्ने रामेछाप घर भएका
२२ वर्षीय बिकास श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये अनन्तले फिनल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३१ लाख १५
हजार ८७ रूपैयाँ, जगतले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३९ हजार
रूपैयाँ, ज्ञानुले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र बिकासले
साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले जगतलाई काठमाडौं महानगरपालिका ३ बाट बुधबार तथा अनन्तलाई
काठमाडौं महानगरपालिका २९ बाट, ज्ञानुलाई काठमाडौं महानगरपालिका २६ बाट र
बिकासलाई भक्तपुर नगरपालिका १० बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये अनन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी
परिसर काठमाडौं पठाइएको छ भने जगत, ज्ञानु र बिकासलाई वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं, ४ वैशाख, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ जडीबुटी बस्ने सिन्धुपाल्लोक घर भएका
६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्ने सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय
पदम लाल श्रेष्ठ रहेका छन् ।
अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने भनि प्रलोभनमा पारी पीडितलाई
भक्तपुर चाँगुनारायण नगरपालिका(४ चाँगुनारायण मन्दिर नजिक जंगलमा नगद १० लाख रूपैयाँ लिएर आउन भनि सम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई
चाँगुनारायण नगरपालिका ४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी
परिसर भक्तपुर पठाइएको छ ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ४ वैशाख, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १६ कलधारा बस्ने
६४ वर्षीय अमर केशर सिंहलाई शनिबार प्रहरीले पक्राउ पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष
कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका ८ मातातिर्थबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डाँका चोरीमा संलग्न चार जना पक्राउ
काठमाडौं, ४ वैशाख, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने ३४ वर्षीय
शंकर बहादुर तामाङ, तारकेश्वर नगरपालिका ८ गैरीगाउँ बस्ने ५० वर्षीय राजु तामाङ,
तारकेश्वर नगरपालिका ४ बस्ने ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर नगरपालिका ५ बस्ने
४३ वर्षीय प्रेम तामाङ रहेका छन् ।
तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने पीडित महिलालाई कुटपिट गरी कानमा
लगाएको सुनको रिङ तानेको घटनामा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट
पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु
पठाइएको छ ।
कटुवा पेस्तोल सहित एक जना पक्राउ
रौतहट, ४ वैशाख, बौधीमाई नगरपालिका ७ स्थित बंकुल माँ इटा उद्योग नजिकै नहरको बाटोबाट
कटुवा पेस्तोल १ थान सहित भारत पूर्वी चम्पारण मौवाह पंचायत टोल चरमा बस्ने २०
वर्षीय सुर्य कुमार दासलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई
उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


