Advertisement Banner
Advertisement Banner

०५ शनिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

काठमाडौं प्रहरी भन्छ ?

०५ शनिबार , बैशाख २०८३४ घण्टा अगाडि

काठमाडौं प्रहरी भन्छ ?

काठमाडौं जिल्ला प्रहरी परिसरले गत शुक्रवार अर्धवार्षिक समीक्षा गर्ने क्रममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना ग¥यो । पत्रकार सम्मेलनमा प्रवक्ता एसपी पवनकुमार भट्टराईले गत भदौ २३ र २४ गते पछिको जिल्ला प्रहरी कार्यालय काठमाडौंले गरेका सुधारात्मक र विकासका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा काठमाडौंमा मात्रै भदौ २३ र २४ गते ४९ जनाकोको मृत्यु भएको, त्यसमध्ये ७ जनाको पहिचान हुन नसकी डीएनए परीक्षणको प्रकृयामा रहेको बताउनु भयो । साथै उक्त घटनामा क्षतिग्रस्त भएका प्रहरीका संरचनाहरु पनि धेरैजसो बनाइसकिएको जानकारी दिदै प्रवक्ता एपी पवनकुमार भट्टराईले नेपाल प्रहरीलाई आगामी दिनहरुमा अझै वैज्ञानिक र आधुनिक बनाउनेतिर प्रयास भइरहेकेको जानकारी दिनुभयो । आमनागरिक र प्रहरीको समन्वय र सहकार्यबाट शान्ति सुरक्षा कायम गर्न सजिलो हुने प्रहरीको विश्वास प्रहरीमा रहेको छ ।