
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, ५ वैशाख, बाँके, नेपालगंज उपमहानगरपालिका ११ कहारन टोलबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया
रोशनी राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ९ चामुन्डाबाट अवैध लागूऔषध पोलेन ८०
ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय चेत बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका ९ चामुन्डाबाट पोलेन
५ सय १८ ग्राम र नगद १३ हजार १ सय ३० रूपैयाँ सहित मकवानपुर थाहा
नगरपालिका १२ जगडाँडा घर भएका ३० वर्षीय सुरेन्द्र गोलेलाई समेत प्रहरीले पक्राउ
गरेको छ ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका १० गुर्सिङ्गलबाट नियन्त्रित
लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र स्पास्मो ५ ट्याब्लेट सहित २ जनालाई शुक्रबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १० ज्वागल
बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय रमेश चालिसे र काठमाडौं कपन बस्ने काभ्रे घर
भएका २२ वर्षीय योगेश लामा रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका(२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका ४ बैवाह बस्ने १९
वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय स्याङ
आङदेम्बेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका ७ चन्द्रडागी बस्ने ३२ वर्षीय गंगा बहादुर
मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय २० मिलिग्राम
सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट
खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका १३ पञ्चरत्न टोलबाट नियन्त्रित लागूऔषध
ट्रामाडोल १ सय ४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत
लामिछाने मगर रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले रबिनको घर
तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका १३ आँपगाछीस्थित सडकबाट अवैध
लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार ६ बस्ने २२ वर्षीय सुबोध कुमार,
सुपौल बलुवा बजार २ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार १ बस्ने ४० वर्षीय
मोहमद जमशेर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार
उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, ५ वैशाख, ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी
गाउँपालिका ४ बस्ने ३२ वर्षीय राज कुमार रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ
।
राज कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, ५ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने दोलखा घर भएका २४
वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने काभ्रे घर भएकी ४२
वर्षीया सुनिता सिङतान ९लामा० र काठमाडौं महानगरपालिका ४ बस्ने सिन्धुली घर भएकी
३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।
पक्राउ मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९
लाख रूपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ
र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई
सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं
महानगरपालिका २ बाट, सुनितालाई काठमाडौं महानगरपालिका २८ बाट र बाल
कुमारीलाई काठमाडौं महानगरपालिका ४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।
कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ५ वैशाख, कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार २ जना प्रतिवादीहरू प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धी बस्ने मकवानपुर घर
भएका ४२ वर्षीय सन्तोष भन्ने यज्ञकुमार सापकोटा र महालक्ष्मी नगरपालिका(२
बालकुमारी बस्ने सोलुखुम्बु घर भएका ३५ वर्षीय होम बहादुर राई रहेका छन् ।
जिल्ला अदालत काठमाडौंको २०७८ भदौ २९ गतेको फैसलाले उक्त मुद्दामा
यज्ञकुमारलाई जन्मकैद सजाय ठहर भएको तथा जिल्ला अदालत सोलुखुम्बुको २०७८
असार २२ गतेको फैसलाले उक्त मुद्दामा होम बहादुरलाई जन्मकैद सजाय ठहर भई दुबै जना
केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तानको क्रममा रहेकोमा २०८२ भदौ २४
गते कारागारबाट भागी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञकुमारलाई ललितपुर महानगरपालिका २८
हरिसिद्धिबाट बिहीबार र होम बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका २
बालकुमारीबाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा
काठमाडौं पठाइएको छ ।
भरूवा बन्दुक बरामद
सल्यान, ५ वैशाख, शारदा नगरपालिका १५ स्थित शारदा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान
शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद
गरेको हो ।


