Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

जेन्जी २.० को सरकारलाई ध्यानाकर्षण

०७ सोमबार , बैशाख २०८३२ महिना अगाडि

जेन्जी २.० को सरकारलाई ध्यानाकर्षण

पेट्रोलियम पदार्थमा बढ्दो महँगीप्रति,

काठमाडौं — पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेन्जी २.०का प्रबक्ता अविन लिम्बु  ले एक पत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छन।।

लिम्बुले जारी गरेको वक्तव्यमा पछिल्लो समय इन्धनको मूल्यवृद्धिले यातायात, खाद्यान्न, निर्माण तथा दैनिक उपभोग्य वस्तुहरूको लागत बढाउँदै आम नागरिकको जीवनयापन कष्टकर बनाएको उल्लेख गरिएको छ। विशेषगरी घट्दो आम्दानीका बीच बढ्दो महँगीले मध्यम तथा निम्न वर्गलाई बढी प्रभावित पारेको जनाइएको छ।

हालको संवेदनशील आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले समयमै प्रभावकारी हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

जेन्जी २.० ले सरकारसमक्ष निम्न मागहरू अघि सारेको छः

पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता कायम गरियोस्।

कर तथा भन्सार शुल्क पुनरावलोकन गरी मूल्य नियन्त्रणमा पहल गरियोस्।

महँगी नियन्त्रणका लागि दीर्घकालीन नीति तथा योजना ल्याइयोस्।

आम नागरिकलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरियोस्।

आन्दोलनले अन्त्यमा देशको समग्र आर्थिक स्थायित्व र नागरिकको हितलाई ध्यानमा राख्दै सरकारले जिम्मेवार र संवेदनशील निर्णय लिने अपेक्षा गरेको छ।