
८ दशक पुरानो दल नेपाली कांग्रेसले पहिला अधिवेशनमा झगडा गरेर पार्टीलाई लथालिङ्ग पारे, अहिले संसदीय दलको नेता छान्न हैरानी देखियो । बल्ल बल्ल ससुरा केसीलाई सभापति गगनले रोक्न सके । देखियो, कांग्रेसमा कुन तहको खिया लागेको रहेछ ?
सभापति गगन थापाका ससुरा हुन् अर्जुन नर्सिङ केसी । उनले चुनाव लड्दिन, सहमतिमा संसदीय दलको नेता हुन्छु भनेपछि सभापति गगन थापा अन्यौलमा परेका हुन् । जेनजी आन्दोलन र चुनावबाट पाखामा पछारिइसकेको कांग्रेसमा निर्वाचन आयोग र अदालतले पनि बिबाद टुङ्ग्याइसकेपछि पनि निर्णय क्षमता आउन सकेको देखिएन । यस्तो कांग्रेसले उठाएको प्रजातन्त्रको बिडा फेरि उठाएर अघि बढ्छ भन्ने विश्वास कांग्रेसका होनहार युवाहरुमा कसरी जिवन्त रहला ? प्रश्न उठेको छ ।
आफैभित्रको चुनौतीमै अल्झिरहेको देखिन्छ कांग्रेस र कांग्रेसका नेताहरु ।


