
सुकुम्वासीरभूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी
काठमाडौं, १३ वैशाख । नेपाल सरकारले सुरू गरेको सुकुम्वासीरभूमिहीन व्यवस्थापन प्रक्रियामा उनीहरूको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नेपाल प्रहरी मानवीय संवेदनशीलता सहित परिचालित भएको छ ।
नेपाल सरकारले सुरू गरेको महत्वपूर्ण पहल अन्तर्गत अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा खोला किनार लगायतका विभिन्न स्थानमा रहेका अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापनको कार्य गरिरहेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापन कार्यको स्थलगत अवलोकन गर्नुभई त्यसबारे जानकारी समेत लिनुभएको थियो ।
वास्तविक सुकुम्वासीरभूमिहीनहरूको पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने कार्यमा नेपाल प्रहरीले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । संभावित प्रतिवाद र अवरोधलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राखि उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन भइरहेको छ । परिचालित प्रहरीले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् व्यवस्थापन गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।
केही स्वार्थी तथा टाठा बाठा व्यक्तिहरूको कारण वास्तविक सुकुम्वासीरभूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको तथा सुकुम्वासीरभूमिहीनहरूको नाम र हकरअधिकारको दुरूपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको प्रति नेपाल प्रहरी सचेत भई त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत क्रियाशील छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ । वास्तविक सुकुम्वासीरभूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।”
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं, १३ वैशाख । बाँके, नेपालगंज उपमहानगरपालिका २२ शान्तिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका २२ बस्ने २८ वर्षीय दिनेश बास्खोर, ३५ वर्षीय नुर मोहम्मद किंगरिया र २९ वर्षीय फिरोज साई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले भे ४ प ३९६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका १४ लच्चकाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५८ ट्याब्लेट, स्पास्मो ४२ ट्याब्लेट र नगद १६ हजार ४ सय २५ रूपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(४ भप्सी टोल बस्ने ३३ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका १४ बस्ने २६ वर्षीय अनिष पुर्वाछाने मगर र ३२ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका(३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिइ ५३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका ७ श्रीवानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय यम बहादुर भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका ८ बस्ने ३६ वर्षीय आश कुमार राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १ ०४ ००२ प ०१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका ११ डेरा गरी बस्ने भारत बिहार नरपतगंज घर भएका २९ वर्षीय मो। सहनेवाजकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५० हजार ५ सय ४० ट्याब्लेट र डाइक्लोमाइन ९ हजार ५ सय २० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र १ ०२ ०५० प ७१२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ साठ्ठिबिघा बस्ने २७ वर्षीय टाँसी गुरूङ र सोही नगरपालिका ६ बर्मेली टोल बस्ने दमक नगरपालिका(२ घर भएका ३२ वर्षीय बिशाल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ९७ प १६४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका(१ बिलाईतीबारीबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका(४ बस्ने ३३ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय साजन माझी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।९ प ३९१७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ भट्टराई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका ६ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३४ ट्याब्लेट सहित सोही नगरपालिका २ बस्ने २३ वर्षीय अस्मिन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका ८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जु बुर्जा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, १३ वैशाख । झापा, भद्रपुर नगरपालिका ५ गौशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ, फुङलिङ नगरपालिका(१ बस्ने २२ वर्षीय प्रताप मादेन र सोही नगरपालिका ५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदे रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ लागूऔषध सहित पक्राउ गरेको हो ।
बागलुङ, बागलुङ नगरपालिका ८ सिगाना बिमिरबोटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४५ एम्पुल, नोर्फिन ४२ एम्पुल र फेनारगन ४४ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय रञ्जन घर्ती क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
संखुवासभा, १३ वैशाख । मकालु गाउँपालिका २ माकेगाउँस्थित कुम्भकर्ण सामुदायिक जङ्गलबट भरूवा बन्दुक १ थान आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, १४ वैशाख । स्याङ्जा, पुतलीबजार नगरपालिका १ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका ४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका ६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका १ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका ४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका ९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
बर्दिया, राजापुर नगरपालिका ४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका १० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका ३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका १२ बस्ने आँबुखैरेनी गाउँपालिका १ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका ३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका(१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका ६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं, १४ वैशाख । मोरङ, विराटनगर महानगरपालिका(९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका(१७ घर भएका २५ वर्षीय बाबु मिया र भारत बिहार अररिया जोबनी थाना ६ साहपुर घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ८ कालिन्चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ६६ ग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका ११ बस्ने १९ वर्षीय भगीराम जैसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका ६ रातमाटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नगद ८ हजार ३ सय ६५ रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ बस्ने ३९ वर्षीय शंकर खड्का र सोही नगरपालिका ५ बस्ने ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नोर्फिन १ एम्पुल सहित सोही उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने २८ वर्षीय रूफस लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बाप्र०६ ००७ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


