
अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
बाँके, १६ वैशाख । नेपालगंज उपमहानगरपालिका १३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं, १६ वैशाख । झापा, अर्जुनधारा नगरपालिका ११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका(४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे।१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पाँचथर, फिदिम नगरपालिका १ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका १ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका ३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका १२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका ४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका १ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका ५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका १० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका १५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका २५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बारा, सिम्रौमनगढ नगरपालिका ३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका(३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, १६ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २६ बस्ने दैलेख नौमुले गाउँपालिका(८ घर भएका २९ वर्षीया ज्वाला कुमारी चन्द, कास्की पोखरा महानगरपालिका(१२ घर भएका ३९ वर्षीया भीम कुमारी गुरूङ र काठमाडौं टोखा नगरपालिका(८ बस्ने गोरखा सिरानचोक गाउँपालिका(६ घर भएका ३७ वर्षीय भगवानराज मल्ल ठकुरी रहेका छन् ।
पक्राउ मध्ये ज्वालाले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३४ हजार रूपैयाँ, भीम कुमारीले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र भगवानराजले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालालाई काठमाडौं महानगरपालिका २६ बाट सोमबार, भीम कुमारीलाई काठमाडौं महानगरपालिका २६ बाट र भगवानराजलाई काठमाडौं महानगरपालिका १२ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अनलाइन जुवा खेल्नेरखेलाउने कार्यमा संलग्न १० जना पक्राउ
सुनसरी, १६ वैशाख । अनलाइन जुवा खेल्नेरखेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका १ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका १६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका १७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् ।
धरान उपमहानगरपालिका १३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दैरखेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं, १६ वैशाख । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १२ टेकु बस्ने तनहुँ घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३१ सचेतना मार्ग, काठमाडौं महानगरपालिका ५ कालोपुल र टोखा नगरपालिका ३ जागरण टोलस्थित घरहरूबाट विभिन्न मितिमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका १२ टेकुबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनको साथबाट ८ सय ७८ ग्राम तौलको सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहना, ३ सय १७ ग्राम तौलको चाँदी जस्तो देखिने विभिन्न गरगहना, विभिन्न दरका विदेशी मुद्राहरू लगायतका सरसामान समेत बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १६ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका २ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ अर्यालगाउँ बस्ने काठमाडौं महानगरपालिका १ नक्साल घर भएका १८ वर्षीय सागर पाण्डेको २०७३ भदौ ७ गते खुकुरी प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १३ बल्खुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १६ वैशाख । चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका ८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका ५ खरिपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, १६ वैशाख । रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका ६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका १७ कानपारा बस्ने १९ वर्षीय दिपेन्द्र मल्लाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली गाउँपालिका १ राईटोल बस्ने ३३ वर्षीय धनराज राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


