Advertisement Banner
Advertisement Banner

२३ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बढ्दो छ लागूऔषध, ठगी र करणी घटना

२३ बुधबार , बैशाख २०८३७ घण्टा अगाडि

बढ्दो छ लागूऔषध, ठगी र करणी घटना

लागूऔषध सहित २३ जना पक्राउ
काठमाडौं, २२ वैशाख । चितवन, भरतपुर महानगरपालिका ११ कमलादेवीमाई टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही महानगरपालिका ११ बर्मेलीटोल डेरा गरी बस्ने सोही महानगरपालिका(१५ फुलबारी घर भएका ३७ वर्षीय अन्सु श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
यसैगरी चितवन, भरतपुर महानगरपालिका १५ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ९ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका १६ बस्ने ३२ वर्षीय रूपेश लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा ६२ प ८१२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कैलाली, धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँ नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका ११ बस्ने २६ वर्षीय भक्त राज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
 झापा, भद्रपुर नगरपालिका ४ नर्सिङबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका(५ बस्ने २६ वर्षीय पारस राई र इलाम माई नगरपालिका ५ बस्ने २६ वर्षीय मनिष गिरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित बाह्रदशी गाउँपालिका ५ बस्ने २९ वर्षीय हरि प्रसाद न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका ४ देवीस्थान बस्ने २४ वर्षीय गणेश भट्टराई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, देवानगंज गाउँपालिका ३ पाचौसिमरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका ५ बस्ने १९ वर्षीय सुशान चौधरी र २२ वर्षीय बिशाल चौधरी रहेका छन् । प्रहरी चौकी कप्तानगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १ ०२ ०४६ प २९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १९ दिपेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक १ सय ८ ट्याब्लेट सहित सोही उपमहानगरपालिका १० बस्ने ३३ वर्षीय सुरज गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बाँके, नेपालगंज उपमहानगरपालिका(१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका १ बस्ने  २२ वर्षीय निरज थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले भे।८ प ११७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
उदयपुर, चौदण्डीगढी नगरपालिका ४ मेजर चौताराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र डाइक्लोमाइन १ सय ४० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल राई, ३२ वर्षीय बिपिन सुब्बा र ३२ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बिपिनले प्रयोग गरेको को प्र ०५ ००१ ह ०७९९ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ । 
तनहुँ, व्यास नगरपालिका ४ भोर्लेटार चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही नगरपालिका ११ डिगाउँ बस्ने २७ वर्षीय ईनाम गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बर्दिया, गुलरिया नगरपालिका ६ विद्युत टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका १० बस्ने २५ वर्षीय सर्वन कुमार परियार र २३ वर्षीय सन्देश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले से। ५ प ५३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
धनकुटा, धनकुटा नगरपालिका १ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय बसन्त मोक्तान र ४० वर्षीय सुवास कुमार राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले सोही नगरपालिका १ हिले बस्ने ३४ वर्षीय राजेश तामाङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी कोठामा रहेका बसन्त र सुवासलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न चार जना पक्राउ
काठमाडौं, २२ वैशाख । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका ३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका ९ बस्ने २१ वर्षीय  सौरव भुजेल, सोही उपमहानगरपालिका १३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका ६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, २२ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका १ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका १ घर भएकी ३९ वर्षीया बिमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।
पक्राउ मध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९५ हजार रूपैयाँ, बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रूपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका(५ बाट शनिबार पक्राउ गरेको हो ।  
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगार ठगी मुद्दाका फरार पक्राउ
काठमाडौं, २२ वैशाख । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमि नगरपालिका ५ कमेरोटार बस्ने धादिङ धुनिवेशी नगरपालिका(९ घर भएका ४६ वर्षीया रोशना चापागाईलाई प्रहरीले पक्राउ गरेको छ । 
    वैदेशिक रोजगार न्यायाधिकरणको २०८१ वैशाख ३० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय  र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ कमेरोटारबाट पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तनहुँ, २२ वैशाख । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका ११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, २२ वैशाख । कैलाली, बर्दगोरिया गाउँपालिका १ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका १ बस्ने २५ वर्षीय सागर कलेल लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
चितवन, भरतपुर महानगरपालिका १६ झनझनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय  ७० मिलिग्राम र नगद २० हजार ८ सय ६५ रूपैयाँ सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका १० बस्ने २८ वर्षीय सुनिल भुषाल समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।