
काठमाडौं । पाकिस्तानी दूतावासले राष्ट्रिय झण्डा फहराउँदै आफ्नो ७९औँ स्वतन्त्रता दिवस “मार्का–ए–हक” को विजयको उत्साहसहित मनाइएको थियो ।
७९ वर्ष अगाडि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले मनाएको यो उत्सवमा पाकिस्तानी दूतावासमा राष्ट्रपति महामहिम आसिफ अली जरदारीले पठाएको सन्देश ष्ढेर सुनाइएको थियो । सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी एक हुनुपर्ने उल्लेख छ। यो उत्सवमा पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्ना र आन्दोलनका कार्यकर्ताहरूको संघर्षलाई स्मरण गर्ने गरिन्छ ।
प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले दिएको सन्देशमा ७९ वर्षले दृढता, दरिलो विश्वास र उज्यालो भविष्यको आशाको निम्ति देशका सपूतहरुले भोगेको अनिगिन्ती चुनौतीहरुको कथा भन्ने बताएका छन् । पाकिस्तानका उपप्रधान एवम् विदेशमन्त्री मोहम्मद इशाक दारले ‘आज मार्का ए हकको जितको उत्सव पनि मनाउँछौं, जहाँ पाकिस्तानले सैनिक र कूटनैतिक क्षेत्रमा तीव्र विकास गरेको थियो ।’ भनेका छन् ।
पाकिस्तानी दूतावासमा महामहिम राजदूत हासमीले सन् १९४७ को ऐतिहासिक सङ्घर्ष र राष्ट्रका पुस्ताहरूले गरेको बलिदानको सम्झना गरे, सम्मान व्यक्त गरेका छन् । उनले विशेषगरी नेतृत्वको र पाकिस्तानी सेनाको जसले मार्का ए हकमा भारतीय सेनालाई पछि पार्न सफल भएको थियो, त्यसप्रति सम्मान जनाएका छन् ।
नेपाल सरकारले पाकिस्तानको ७९औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ।
दूतावास र पाकिस्तानी समुदाय उपस्थित कार्यक्रममा काश्मिरको मुद्दा न्यायपूर्ण रहेको र काश्मिरी जनताको अधिकार अविच्छिन्न रहेको भन्दै न्याय नहुन्जेल पाकिस्तानको समर्थन जारी रहने उल्लेख गरिएको छ ।


