
लेखक शेखर ढुङ्गेलको कविताकृति ‘मृत्यु–उत्सव’ लोकिर्पत भएर बजारमा आएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा यो पुस्तक लोकर्पित भएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिका समीक्षा गरेका थिए ।
उनले मृत्युलाई उत्सवका रूपमा देख्नु भनेको आध्यात्मिक कुरा भएको बताए। पुस्तकभित्रका कविताहरूमा स्वदेश मोह, देश प्रेम, देशमा भएका बेथितिहरू, भ्रष्टाचारका कुराहरू र जीवन दर्शनसँग सम्बन्धित विषयका ८३ वटा कविताहरू रहेक छन् ।
राधेश्याम लेकालीको मन्तव्यमा, कवि शेखर ढुङ्गेलले के लेखेँ के लेखेँ भन्ने जानकारी, कृतिबाट कविहरू सुमन थापा, गीता कार्की र मणि लोहनीले कविता वाचन समेत गरेका थिए ।
कार्यक्रमका आकर्षण थिए– प्रा.डा.सुरेन्द्र केसी, मदनदास श्रेष्ठ तथा देव प्रकाश त्रिपाठी । सबैले शुभकामना दिएका थिए ।


