Advertisement Banner
Advertisement Banner

१३ बुधबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

प्रहरी सकृयताले दुर्व्यसनी नियन्त्रणमा

१२ मंगलबार , जेठ २०८३१७ घण्टा अगाडि

प्रहरी सकृयताले दुर्व्यसनी नियन्त्रणमा

लागूऔषध सहित २० जना पक्राउ
काठमाडौं, ११ जेठ । बाँके, कोहलपुर नगरपालिका(९ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय समिर थारू र २७ वर्षीय बिशाल सुनारलाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले समिरको घर तलासी गर्दा उक्त लागूऔषध पेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
यसैगरी बाँके, कोहलपुर नगरपालिका ९ झण्डहवा बस्ने ४२ वर्षीय मोहम्मद असिन साइलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम र नगद ४१ हजार १ सय ५० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २५ असन चोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौं महानगरपालिका २३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशिल मानन्धर रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यसैगरी झापा, दमक नगरपालिका ५ बस्ने २३ वर्षीय तुलसी माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय १० मिलिग्राम, ५६ हजार ६ सय नेपाली रूपैयाँ र १ हजार १ सय भारतीय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने २४ वर्षीय ज्ञानेश खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सल्यान, वनगाड कुपिण्डे नगरपालिका १ अम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २०२ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रत कुमार ऐरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले वनगाड कुपिण्डे नगरपालिका १ बस्ने ४५ वर्षीय रमेश परियारको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ १ सय ३६ ग्राम ९ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका ७ स्थित शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ बस्ने २३ वर्षीय आशिष शाही र १९ वर्षीय ओमप्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
भक्तपुर, भक्तपुर नगरपालिका २ ब्यासी बस्ने २० वर्षीय सुमित त्यातलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घर नजिकबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
पर्सा, पोखरिया नगरपालिका ९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका ९ सिवबर्वा बस्ने २० वर्षीय बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कास्की, पोखरा महानगरपालिका(५ जिरो किमिबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५९ ट्याब्लेट सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ९ नागढुङ्गा बस्ने २२ वर्षीय नबिन गुरूङ, सोही महानगरपालिका ५ प्रस्याङ बस्ने २३ वर्षीया अन्जली परियार र सोही महानगरपालिका ५ मलेपाटन बस्ने ४२ वर्षीय हेमन्त भट्टराई रहेका छन् । वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग १२ प ९९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
सिन्धुली, कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ५ सय ७० मिलिग्राम सहित महोत्तरी भँगाहा नगरपालिका ४ बस्ने २३ वर्षीय राजन महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३ ००१ ज १४२० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा महोत्तरी भँगाहा नगरपालिका ४ बस्ने ३३ वर्षीय राजाबाबु महत्तोको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले खुर्कोटबाट पक्राउ गरेको छ । 
कैलाली, कैलारी गाउँपालिका ५ सडकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुरी तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाला र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिएफ ५८८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ
सर्लाही, ११ जेठ । बरहथवा नगरपालिका १२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थान सहित बागमती नगरपालिका २ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध अफिम र गाँजा बरामद
काठमाडौं, ११ जेठ । मकवानपुर, मनहरी गाउँपालिका ७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम २५ किलो ९ सय ९० ग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको २ वटा मोटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरूले झोला छाडी फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । 
बारा, जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ३० किलो ८ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा ४६ प ६५९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।