Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

बास नेपालका आयोजनामा स्वअनुशासन तालिम

१५ शुक्रबार , जेठ २०८३१४ घण्टा अगाडि

बास नेपालका आयोजनामा स्वअनुशासन तालिम

बास नेपालका आयोजनामा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम प्रदान सम्पन्न भएको छ । 
स्वमूल्यांकन र स्वअनुशासनको महत्व बुझाउने, जिम्मेवारी वृद्धि गर्ने, कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने, अनुशासित कार्यसंस्कृति विकास गर्ने उद्धेश्यले तालिम सम्पन्न भएको हो । 
बास नेपालका कर्मचारीहरुका लागि आयोजित तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए । 
तालिममा संघ, संस्थामा कार्यरत कर्मचारीहरुका प्रकार, स्वमूल्याँकन भनेको के हो, स्वअनुशासन भनेको के हो ?, स्वमुल्याँकनका आधारहरु, स्वअनुशासनको महत्व सुधारका उपायहरु लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । 
तालिममा बास नेपालका १५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।