Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

महिनावारी स्वच्छता संसदमा मुद्दा लैजाने प्रतिबद्धता

१५ शुक्रबार , जेठ २०८३४ महिना अगाडि

महिनावारी स्वच्छता संसदमा मुद्दा लैजाने प्रतिबद्धता

ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका क्षेत्रमा क्रियाशील संस्था ुएक्स(पोज नेपालु को आयोजनामा बाह्रौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा ललितपुरमा एक साइकल र्‍याली सम्पन्न भएको छ। महिला हिंसा न्यूनीकरण तथा सुरक्षित महिनावारीका क्षेत्रमा कार्यरत यस गैरसरकारी संस्थाले विगत नौ वर्षदेखि निरन्तर यस प्रकारको साइकल र्‍याली आयोजना गर्दै आएको छ।

ललितपुरको मङ्गलबजारबाट सुरु भएको उक्त र्‍याली काठमाडौँको वसन्तपुर पुगेर पुनः मङ्गलबजारमै फर्किएर समापन भएको थियो। र्‍यालीमा करिब ४५० जना महिला तथा पुरुष साइकलयात्रीको सहभागिता थियो, जसमध्ये ८० प्रतिशत महिला रहेका थिए। नौ वर्षअघि आयोजित पहिलो र्‍यालीमा कुल ७२ जना सहभागीमध्ये एक जना मात्र महिला रहेको स्मरण गर्दै आयोजक संस्थाले यस वर्ष महिला सहभागिता उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ।

कार्यक्रममा एक्स(पोज नेपालका अध्यक्ष एवं ुप्याड म्यानु का रूपमा परिचित ज्ञान महर्जनले सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र बुझाउँदै सरकारले सीमान्तकृत समुदायको सुरक्षा र स्वास्थ्यका लागि विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कृष्णाकुमारी वाइबाले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय तथा सङ्घीय सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

र्‍यालीको समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ९सांसद० प्रभा ढकालले महिनावारीलाई सुरक्षित बनाउन अहिले परिवारका पुरुष सदस्यहरूले समेत साथ दिन थालेको बताउनुभयो। उहाँले विगतमा लुकाएर स्यानिटरी प्याड किन्नुपर्ने अवस्थाबाट अहिले खुला रूपमा खरिद गर्न सक्ने स्थितिमा पुग्नु सकारात्मक परिवर्तन भएको उल्लेख गर्नुभयो। सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र बुझ्दै उहाँले यस विषयलाई संसदमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी, ग्लोबल एक्सन नेपालका अध्यक्ष विके श्रेष्ठले विगत नौ वर्षदेखि प्राकृतिक महिनावारी स्वास्थ्य र महिला हिंसाविरुद्ध निरन्तर पैरवी भइरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा समेटिएका विषय भुइँमान्छेका वास्तविक पीडा भएकाले यसको तत्काल कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।

उक्त साइकल र्‍यालीलाई युनिसेफ नेपाल, ग्लोबल एक्सन नेपाल, च्यारिटी प्याड उद्योग, डिडब्लुडी, जीआईजेट (GIZ) नेपाल, हङ्गर र एमएचएमपीए (MHMPA) नेपालले सहयोग गरेका थिए। कार्यक्रम नवीना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।