
लागूऔषध सहित १७ जना पक्राउ
काठमाडौं, १४ जेठ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका(५ चिसेनी डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय बिजय तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ हल्दुखाल बस्ने २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु प प्र ०२००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका ४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(११ अमरबस्ती बस्ने २२ वर्षीय अर्जुन मल्ल, सोही नगरपालिका १० भिमबस्ती बस्ने २६ वर्षीय नविन सुनार र कृष्णपुर नगरपालिका ८ बस्ने ३० वर्षीय गणेश बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२ ०२८ प ०९३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नुवाकोट, विदुर नगरपालिका १० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५२ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० गैरीखर्क बस्ने २४ वर्षीय युनिक तामाङ भन्ने सन्देश तामाङ र रसुवा कालिका गाउँपालिका ३ धारापानी बस्ने २१ वर्षीया युनिषा तामाङ भन्ने पुष्पा तामाङ रहेका छन् । प्रहरी चौकी सिमुटार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, रामधुनी नगरपालिका ६ बक्लौरी चोकस्थित मनोकामना मोबाइल सेन्टर पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २४ ट्याब्लेट, डाइक्लोमाइन ८ सय ४९ ट्याब्लेट, स्पास्पेन २५ ट्याब्लेट र नगद १ लाख २२ हजार ३ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय एकराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपहानगरपालिका १७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय निशान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रिब्दीकोट गाउँपालिका ८ फेक घर भएका ३२ वर्षीय सुसान भन्ने सुसन रायमाझी र २२ वर्षीय उमेश रावत रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका(१० शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका १० खयरडाँगी बस्ने ३६ वर्षीय मनोज बराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका ३ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय उमेश श्रेष्ठ भन्ने संजिब श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ ग्राम सहित सोही उपमहानगरपालिका ९ बङ्ग्राकटान बस्ने २७ वर्षीय निराजन ठकुल्लालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका भारत पलिया बस्ने २८ वर्षीय रिङ्गल गुप्तालाई समेत नियन्त्रणमा लिएको छ ।
जबरजस्ती करणी गर्ने पक्राउ
जाजरकोट, १४ जेठ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरी नगरपालिका १३ बस्ने ३२ वर्षीय खिमराज बटालालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खिमराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित दुई जना पक्राउ
इलाम, १४ जेठ । इलाम नगरपालिका ११ बाट भरूवा बन्दुक १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेख बहादुर मगर र ५३ वर्षीय गंगा बहादुर विक रहेका छन् । मेख बहादुरले भरूवा बन्दुक मर्मतको लागि गंगा बहादुरको घरमा लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


