Advertisement Banner
Advertisement Banner

१८ सोमबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

Integrated Traffic Management System गोष्ठी सम्पन्न

१८ सोमबार , जेठ २०८३४ घण्टा अगाडि

Integrated Traffic Management System गोष्ठी सम्पन्न

काठमाडौं, १८ जेठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा Integrated Traffic Management System  सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Traffic Police Mirror-2026 को लोकार्पण गर्नुभयो । साथै उहाँले उक्त Traffic Police Mirror  निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामुहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको   बताउनुभयो । 
प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो । सबै सरोकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शीता एवम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो । 
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले Integrated Traffic Management System सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने Profession Holdings प्राि  का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको आजै बिहान शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्‌घाटन गर्नुभएको थियो । गोष्ठीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग, सडक सुरक्षा परिषद्‍, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली ईन्जिनियरिङ क्याम्पस, Nepal Automobile Importers and Manufacturers Association (NAIMA), क्रिमशन टेकका प्रतिनिधिहरूले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  
    तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु(निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला आयोजना गरिएको हो । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, Intelligent Traffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।
गोष्ठीमा Integrated Traffic management system, Smart Intelligent Traffic, Face less Traffic management system, २० वर्षभन्दा पुराना सवारीको स्क्र्याप नीति कार्यान्वयन, वैज्ञानिक लाइसेन्स प्रणाली, Vehicle Fitness सुदृढीकरण तथा ब्ल्याक स्पट सुधार, सवारी आयात नीति पुनरावलोकन, Ride-sharing नियमन, Bluebook डिजिटल एकीकरण तथा बहु(निकाय समन्वय संयन्त्र स्थापना, Intelligent Traffic System (ITS) विस्तार, E-Challan तथा TVRS सुदृढीकरण र डेटा आधारित निर्णय प्रणाली विकास, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, Post-Crash Response  तथा Emergency Management प्रणाली सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।