Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

२४ आइतबार , जेठ २०८३४ महिना अगाडि

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।

संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र तयार गरी filmjournalistnepal@gmail.com मा पठाउन सक्नेछन्।

प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।

प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने बताइएको छ।

संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउन आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण चलचित्र पत्रकारहरूलाई आग्रह गरेका छन्।