Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

दुई ठूला होटलमा सीजी ग्रुप

२६ मंगलबार , जेठ २०८३११ घण्टा अगाडि

दुई ठूला होटलमा सीजी ग्रुप

काठमाडौंमा दुई विश्वप्रसिद्ध लक्जरी होटल स्थापना गर्नका लागि यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच सहमति भएको छ । द रिट्ज–कार्लटन (ठमेल) र द वेस्टिन सञ्चालन गर्ने सहमति भएको हो । यी दुबै होटल चौधरी ग्रुप, आईईजी, आईजे र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् । यी होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा आउन जनाइएको छ ।
अहिलेसम्म भएका होटलभन्दा भिन्न यी दुवै होटलमा अत्याधुनिक सुविधाहरू, रेस्टुरेन्ट, स्पा र ठूला हलहरू र अन्य विशेष सुविधाहरू रहनेछन् । यो सहकार्यले नेपालको पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लगानीकर्ताको रहेको छ । म्यारियट र सीजी हस्पिटालिटीको विश्वमा बलियो साझेदारी रहेको व्यावसायिक सम्बन्ध अझ बढ्ने देखिन्छ ।