Advertisement Banner
Advertisement Banner

०७ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

लागूऔषध सहित विभिन्न स्थानबाट पक्राउ

०७ आइतबार , असार २०८३१५ घण्टा अगाडि

 लागूऔषध सहित विभिन्न स्थानबाट पक्राउ

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिका ७ मित्रपार्कस्थित चुलेसी थकालीबाट अवैध लागूऔषध पोलेन करिब १ सय ग्राम र गाँजा ५० ग्राम सहित थकालीका सञ्चालक बारा निजगढ नगरपालिका १० घर भएका ४५ वर्षीय कृष्ण नेपाल समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण उत्तरबाहिनी नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर फापरबारी घर भएका २० वर्षीय अनिल तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ६ जोरपाटी स्‍थित छहारी क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल घर भएका २३ वर्षीय साजन तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, महानगरपालिका १६ बाइपास चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याब्लेट सहित काठमाडौं सितापाइला बस्ने उदयपुर ताप्ली गाउँपालिका(१ घर भएका २२ वर्षीय विपिन राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बागमती एएए ८००४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
पाँचथर, फिदिम नगरपालिका १ मेनलाईन बस्ने २४ वर्षीय रोजन सुबेदी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम र नगद १७ हजार ९ सय २५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले रोजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १५ बस्ने ३२ वर्षीय दिपक सहनी, २७ वर्षीय मो।कफिल र सुन्दरहरैंचा नगरपालिका ५ बस्ने २५ वर्षीय दिपेश पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, झापा गाउँपालिका ४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका ९ बस्ने २२ वर्षीय नगीन्द्र दर्जी र कनकाई नगरपालिका(३ बस्ने ३७ वर्षीय बल बहादुर सुवेदी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
रूपन्देही, बुटवल नगरपालिका ११ मगरघाटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीया कला रानालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
मकवानपुर, भीमफेदी गाउँपालिका २ भैंसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८ ट्याब्लेट सहित सोही गाउँपालिका २ कालीटार बस्ने २४ वर्षीय सुजल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले हेटौंडाबाट भैंसेतर्फ आउँदै गरेको बा।प्र ०२ ०६० प ४२२२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कास्की, पोखरा महानगरपालिका ९ पृथ्वी चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय  एम्पुल, फेनारगन २ सय एम्पुल र डाईजेपाम २ सय एम्पुल सहित रूपन्देही मायादेवी नगरपालिका १२ घर भएकी २१ वर्षीया जिनी रावललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कपिलवस्तु, वाणगंगा नगरपालिका ५ झण्डा बस्ने २० वर्षीय अर्जुन थारूलाई अवैध लागूऔषध गाँजा करिब ३ सय २६ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
कैलाली, बर्दगोरिया गाउँपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका ६ जगतपुर बस्ने २० वर्षीय माइकल डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, टीकापुर नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका ६ बस्ने २५ वर्षीय गणेश लामिछाने र २५ वर्षीय गोबिन्द घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु प प्र ०१ ००८ प १३४३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 
बर्दिया, गुलरिया नगरपालिका ८ जाजरकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ९ सय २६ ग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका ४ बस्ने ४६ वर्षीय यन बहादुर रावत, ४२ वर्षीय लोकेन्द्र बहादुर रोकाय र रोल्पा गंगादेवी गाउँपालिका ६ बस्ने ४८ वर्षीय केश सिंह केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै  उनीहरूले प्रयोग गरेको भे ९ प ६२९६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 
कञ्चनपुर, बेलौरी नगरपालिका १० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका १० राजपुर बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु प प्र ०१ ००९ प ९६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
लागूऔषध सहित सात जना पक्राउ
काठमाडौं, ५ असार । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१६ सिपाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ चिसापानी चोक बस्ने ५० वर्षीय इन्द्र भन्ने खडानन्द चौलागाई र ३८ वर्षीय बिष्णु भन्ने निल बहादुर दाहाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
धनकुटा, सहिदभूमी गाउँपालिका(६ थलथले बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ ट्याब्लेट, स्पास्मो २ ट्याब्लेट र डाइक्लोमाइन २ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका ७ बस्ने २९ वर्षीय दर्शन राई, सोही नगरपालिका १० बस्ने २८ वर्षीय नमुनेश भुजेल र सहिदभूमी गाउँपालिका(२ साम्बुगाउँ बस्ने २३ वर्षीय आयुष राई रहेका छन् । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्र ३ ०२ ००१ प ८४३० नम्बरको स्कुटर र बा प्र ०२ ०५०प ६५६६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
बर्दिया, मधुवन नगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ बस्ने ३९ वर्षीय मेहदी हसन अन्सारी र सोही नगरपालिका ८ बस्ने २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका ८ शिवनगर बस्ने २५ वर्षीय हरी भन्ने प्रभान्नद न्यौपानेको घरबाट लिएको भन्ने खुल्नासाथ उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार प्रभान्नदको खोजी गरिरहेको छ । 

लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
काठमाडौं, ६ असार । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका ३ बस्ने ३२ वर्षीय
सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट
खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३ ००१ ख २६५६
नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका १ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित धनकुटा छथर जोरपाटी
गाउँपालिका ३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै
गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका ८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने
पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका ७ भीमापुर बस्ने १९
वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ७ जेपि चोकबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र
२८ वर्षीय भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

उदयपुर, कटारी नगरपालिका(६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा
करिब २० किलोग्राम सहित सोही नगरपालिका ४ सिम्ले डेरा गरी बस्ने उदयपुर,
उदयपुरगढी गाउँपालिका ६ बाउनटार घर भएका ३० वर्षीय नर बहादुर पुलामी मगरलाई
गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त
गाँजा सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका ७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ५० मिलिग्राम सहित सोही गाउँपालिका ५ बस्ने २९ वर्षीय वसिम जसगढ
समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, धनौजी गाउँपालिका ३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम
१० ट्याब्लेट सहित हंसपुर नगरपालिका १ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डल समेत
४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २ ०३ ०१७ प ६०१० नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका(१९ शिवपुरबाट अवैध
लागूऔषध गाँजा करिब १ किलो १ सय ग्राम सहित बारा घर भएका ५० वर्षीय राम
कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका २ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशी समेत ३
जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित
शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको
प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र १ ०१ ०१२ प ५६६८ नम्बरको मोटरसाइकल
समेत बरामद गरेको छ ।
यसैगरी झापा, भद्रपुर नगरपालिका ५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका(९ गरामनी बस्ने ३५ वर्षीय राज कुमार
कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन् । वडा प्रहरी कार्यालय
भद्रपुरबाट खटिएको प्रहरीले मे।९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका ७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई
शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, बोदेबरसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका ८ पोखरिया बस्ने ३८
वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका ७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास
रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट
नेपालतर्फ आउँदै गरेको स ७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका ११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका १ बस्ने ३१ वर्षीय
भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन् । प्रहरी चौकी तीनघरेबाट खटिएको
प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे ८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार
उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।