
एक महिनाको अवधिमा १ हजार ३६ जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं, ११ असार । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका हुन् । सो अवधिमा अवैध लागूऔषध गाँजा ३ हजार ७ सय ३० किलो २ सय ६५ ग्राम ७ सय १५ मिलिग्राम, चरेस ७ सय ४६ ग्राम ७ सय ६४ मिलिग्राम, हेरोइन २ किलो ६ सय ८६ ग्राम १ सय ७६ मिलिग्राम, अफिम ९३ किलो ८ सय ३२ ग्राम ८ सय ३७ मिलिग्राम, कोकिन १ किलो ५ सय ग्राम, पोलेन ८ किलो ७ सय ५१ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, फेनारगन १ हजार ७ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ हजार ९ सय २२ एम्पुल, ट्रामाडोल ४ लाख ६२ हजार २ सय १० ट्याब्लेट, नाइट्राभेट १२ हजार २ सय १४ ट्याब्लेट र स्पास्मो ५ हजार ४ सय ५९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।
लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।
२ हजार १ सय ८२ जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, ११ असार । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ ।
लागूऔषध सहित ३२ जना पक्राउ
काठमाडौं, ११ असार । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका ३ बस्ने ४२ वर्षीय राजेश कुवर र बुढानिलकण्ठ नगरपालिका ८ भंगाल बस्ने चितवन घर भएका ३८ वर्षीय बनोद भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पोखरिया नगरपालिका ९ सम्बारी घर भएका १९ वर्षीय तारिफ आलम र बारा कलैया उपमहानगरपालिका १६ उत्तर झिट्कैया घर भएका २३ वर्षीय लोकेन्द्र राम चमार रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३ ००१ ज ६४७ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका ९ राजाबासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २६ ग्राम ७ सय मिलिग्राम सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने २७ वर्षीय राजन राई, २८ वर्षीय अभिषेक भुजेल, २८ वर्षीय सुमन राई, ४० वर्षीय सन्देश राई, उदयपुर बेलका नगरपालिका ४ बस्ने २७ वर्षीय रबिन राई र उनकै श्रीमती १९ वर्षीया आयुषा राई रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को २ ह ८९९२ नम्बरको अटोका चालक राजन र अटोमा सवार अभिषेकलाई २ ग्राम ८ मिलिग्राम, प्रदेश १ ०२ ०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार रबिन र उनकै श्रीमती आयुषालाई १६ ग्राम ३१० मिलिग्राम र स ११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार सुमन र सन्देशलाई ८ ग्राम ३ सय १० मिलिग्राम ब्राउसनगुर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ९ बगैंचा चोक डेरा गरी बस्ने २५ वर्षीय फुर्मा गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका ५ लगुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २७ वर्षीय शिशिर गुँरागाई र इटहरी उपमहानगरपालिका १६ टिकुलिया टोल बस्ने रामधुनी नगरपालिका ५ घर भएका २५ वर्षीय बिमल लम्साल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को २७ प ९४३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका ४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २३ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका ७ बस्ने २७ वर्षीय सनम धिमाल र सोही गाउँपालिका(६ बस्ने २० वर्षीय प्रदिप दास रहेका छ्न् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १ ०१ ०१२ प ६३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँबाट हल्दिबारी गाउँपालिका ३ बस्ने १५ वर्षीय बालकलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका ३ खुकुरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ बस्ने २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका ५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका ११ बस्ने ४५ वर्षीय रनधिर प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका १ भजनी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम, १३ हजार भारतीय रूपैयाँ र ८ हजार १ सय ४० नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका १ घन्टाघर बस्ने २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका ८ सोनाफाँटा बस्ने २२ वर्षीया कमला परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, कैलारी गाउँपालिका(५ पबेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुशान्त चौधरी र गौरीगंगा नगरपालिका ८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छ्न् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका ३ बस्ने ३० वर्षीय मनकुमार मगर र २४ वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका ९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने २१ वर्षीय निरज चौधरी र २३ वर्षीय मनिष तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका ६ दशेरी बिगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय इतवरीलाल गडरिया समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका ४ मदाह बस्ने २९ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गैरकानुनी चिकित्सा अभ्यासी पक्राउ
काठमाडौं, ११ असार । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौं साविक मातातिर्थ गाविस ७ बस्ने ४७ वर्षीया चेतन ए।एम।९पौडेल० लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका ८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका ८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवम् बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ ।
उनी उपर मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डलर, धातु सहित भारतीय पक्राउ
काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिका २५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।
खैरो हेरोइन सहित दुई जना पक्राउ
कञ्चनपुर, ११ असार । कृष्णपुर नगरपालिका ५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका ४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१८ हजार ट्याब्लेट ट्रामाडोल बरामद
सुनसरी, ११ असार । देवानगंज गाउँपालिका २ मरीया खोला नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ट्याब्लेट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ घुस्कीबाट देवानगंजतर्फ आउँदै गरेको को २२ प २८१७ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको पछाडी बाँधेको बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


