
काठमाडौं, २४ असार । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर उदयपुरगढी गाउँपालिका ८ बस्ने २९ वर्षीय सुबास विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र।०१ ०२ ००२ ख १४१० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका २ मसिनेबाट अवैध लागूऔषध गाँजा ८५ ग्राम सहित कैलाली टीकापुर नगरपालिका(३ घर भएका २५ वर्षीय अर्जुन विक समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा ४८ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका ८ हनुमानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका ६ डेकोचा बस्ने ३४ वर्षीय बिजय बैजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका २ झौखेल पिपलबोटबाट अवैध लागूऔषध पोलेन करिब ६ सय ग्राम सहित सोही नगरपालिका २ झौखेल बस्ने ६८ वर्षीय राम थापा समेत ६ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित काभ्रे भुम्लु गाउँपालिका १० दोलालघाट बस्ने ३७ वर्षीय देव श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ४० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित बारा निजगढ नगरपालिका २ बस्ने २५ वर्षीय आर्यन घिमिरेलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट दाङतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख ०५५५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
काभ्रे, रोशी गाउँपालिका ९ मंगलटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६ ग्राम ७ सय ५० मिलिग्राम सहित दोलखा भिमेश्वर नगरपालिका ७ बस्ने २० वर्षीया रितु जैसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०३४ च ६५९४ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागी कारमा सवार अन्य ४ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका १ ठुलो डाँफेबाट अवैध लागूऔषध ब्रानउसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय बिकाश हमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका ४ बस्ने २० वर्षीया नितु सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बढैयाताल गाउँपालिका ४ खैरेनी गाउँबाट सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल विक समेत २ जनालाई ब्राउनसुगर २ सय १० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ३ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ तातापानी बस्ने ३६ वर्षीय राज कपुर र सोही नगरपालिका ३ तातापानी बस्ने दैलेख घर भएका २९ वर्षीय विशाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, लेकवेशी नगरपालिका १ मिलडाँडा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका १ बस्ने ३३ वर्षीय पूर्ण बहादुर फौजा समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लेकफर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित पकहा मैनपुर गाउँपालिका १ बस्ने २० वर्षीय अंकित यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका २४ रामगढवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९६ मिलिग्राम, नगद १ लाख ७ हजार ८ सय ५ नेपाली रूपैयाँ, ११ हजार ८ सय भारतीय रूपैयाँ र तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा पोखरिया नगरपालिका १ घर भएका २१ वर्षीय राहुल बैठा समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रानीघाटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ८० मिलिग्राम सहित भारत कपसडंगा मोरसिदाबाद वेस्ट बंगाल घर भएका २४ वर्षीय सैफुल सेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका ७ बनगाईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका ४ देवनगडिया बस्ने १९ वर्षीय बलेश चमार र २६ वर्षीय भोला चमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले यूपि ५५ एयु ९९७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका ८ गैसार बस्ने २२ वर्षीय बितेस तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने १९ वर्षीय आयुष पुडासैनी र सोही नगरपालिका ६ बुद्ध पोखरी बस्ने १९ वर्षीय अनिस मगर रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा ९९ प ३४७५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


