सर्वसाधारणलाई दु्ख: हैरानी दिने ३२ जना पक्राउ
काठमाडौं, २५ असार । सर्वसाधारण तथा यात्रुहरूलाई दुस्ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ जडिबुटी बस्ने दोलखा शैलुङ गाउँपालिका ५ घर भएका २५ वर्षीय नविन तामाङ समेत ३२ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विगत लामो समय देखि जडिबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जडिबुटी एरियाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ३ सय ८ किलोग्राम गाँजा बरामद
सुनसरी, २५ असार । कोशी गाउँपालिका ७ स्थित केराबारी र भाण्टाबारीको बीच भागमा रहेको सप्तकोशी नदीको किनारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ८ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले ८ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
काठमाडौं, २५ असार । पर्वत, जलजला गाउँपालिका ९ बनौस्थित चिहान डाँडा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ७ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
डोटी, शिखर नगरपालिका ४ धुर्कोटस्थित बाबियोको झ्याङ्बाट एकनाले भरूवा बन्दुक १ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तलकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी डोटी, जोरायल गाउँपालिका २ स्थित दुर्गा देवी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
अछाम, साँफेबगर नगरपालिका ५ बागथलास्थित बागथला सामुदायिक वनको खोल्साबाट भरूवा बन्दुक २ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


