Advertisement Banner
Advertisement Banner

२९ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बढ्दो अपराध – बढ्दो प्रहरी सकृयता

२८ आइतबार , असार २०८३१७ घण्टा अगाडि

बढ्दो अपराध – बढ्दो प्रहरी सकृयता

अवैध लागूऔषध सहित २८ जना पक्राउ
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका १४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३५ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन १८ एम्पुल सहित ललितपुर ग्वार्को बस्ने मकवानपुर घर भएका २४ वर्षीय संजिव तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    यसैगरी काठमाडौं महानगरपालिका ३२ कोटेश्वर झोलुङ्गे पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३९ ग्राम सहित काठमाडौं नरेफाँट बस्ने सिराहा गोलबजार नगरपालिका ४ घर भएका २२ वर्षीय आदित्य यादव समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी काठमाडौं महानगरपालिका १३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने धादिङ घर भएका २६ वर्षीय निशान ढुङ्गानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    पर्सा, ठोरी गाउँपालिका ३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ५० ग्राम सहित भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला(४ बस्ने २२ वर्षीय रूपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ आर ७१६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित मेलिना होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सल्यान त्रिवेणी गाउँपालिका ३ बस्ने २७ वर्षीय सन्दिप वली समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरबाट खटिएको प्रहरीले होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    संखुवासभा, खाँदबारी नगरपालिका ८ अर्चले बस्ने ७० वर्षीय रत्न बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ५७ ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
    रूपन्देही,  कञ्चन गाउँपालिका(२ कटैया बस्ने ४८ वर्षीय पाचु मल्लाहलाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
    कैलाली, टीकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही नगरपालिका ६ ओखरपुर बस्ने २० वर्षीय अमित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    बाँके, बैजनाथ गाउँपालिका २ मकैबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय पुष्कर बुढा क्षेत्री समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    उदयपुर, त्रियुगा नगरपालिका(६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित सिराहा लहान नगरपालिका २२ बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको को।२० प ८२०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ बसामाडी राईटोल बस्ने ३२ वर्षीय बिकल राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको    हो । 
    ललितपुर, गोदावरी नगरपालिक (३ टौखेलबाट नियन्त्रित लागूऔषध स्पास्पेन १८ ट्याब्लेट र प्रेगाब्लिन १८ ट्याब्लेट सहित गोदावरी नगरपालिका ४ गोदावरी बस्ने कपिलवस्तु घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    महोत्तरी, बर्दिबास नगरपालिका १ बर्दिबास चोकबाट अवैध लागूऔषध  खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा भागेश्वर गाउँपालिका १ बस्ने २६ वर्षीय पदम ठकुराठी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र। ०१(००६ ख ७००२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, धनगढी उपमहानगरपालिका ८ बस्ने ३२ वर्षीय हरिलाल राना समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    झापा, भद्रपुर नगरपालिका ४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका ८ किशनभिट्टा बस्ने २७ वर्षीय लखन वास्के समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    सुनसरी, कोशी गाउँपालिका(१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(१६ बस्ने २३ वर्षीय बिनोद लिम्बु र मोरङ सुन्दरहरैँचा नगरपालिका ७ बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यसैगरी सुनसरी, कोशी गाउँपालिका(१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका ६ बस्ने ४० वर्षीय सुरेन्द्र महत्तोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भिओ ७८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
काठमाडौं, २७ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका ८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका ५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका ३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् । 
पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका २ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका ८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका(५ बाट, सचितालाई काठमाडौं महानगरपालिका(३ बाट र निरोजलाई काठमाडौं महानगरपालिका(४ बाट शुक्रबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ
रूपन्देही, २७ असार । मायादेवी गाउँपालिका ६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका ४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् । 
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये १ जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए । घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।