Advertisement Banner
Advertisement Banner

३१ बुधबार, असार २०८३13th July 2026, 9:36:25 am

समाजमा बढ्दैछ अपराध

३० मंगलबार , असार २०८३२० घण्टा अगाडि

समाजमा बढ्दैछ अपराध

अवैध लागूऔषध सहित सात जना पक्राउ
काठमाडौं, २९ असार । भक्तपुर, मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका ३ घर भएका २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका १६ बस्ने २० वर्षीय सम्भव बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ३ ०२ ००८ प ५३७८ नम्बरको स्कुटर बरामद गरेको छ ।
बाँके, कोहलपुर नगरपालिका ११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १९ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपेश शाही समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    सुनसरी, इटहरी उपमहानगरपालिका ५ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र डाइक्लोमाइन १ सय २९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय रोहन भन्ने भवानी गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने व्यक्ति
काठमाडौं, २९ असार । इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका ५ घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दुस्ख हैरानी, मानसिक तनाब दिने कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई काठमाडौं महानगरपालिका २७ बाट पक्राउ गरेको हो ।
    उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चरित्र हत्या गर्ने दुई जना पक्राउ
काठमाडौं, २९ असार । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा जावरूलले पीडित महिलाको अश्लील भिडियोरतस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको र आफ्नो अभीष्ट पुरा नभए पश्चात् उक्त अश्लील भिडियो रतस्विर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको खुल्न आएको छ । 
साथै सरोजले अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा समेत रहेको र सम्बन्ध छुटेपश्चात बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले फेसबुक मार्फत अश्लील सामग्रीहरू पोष्ट गरी पीडितलाई दुःख हैरानी, मानसिक तनाव दिने कार्य गरेको खुल्न आएको छ ।
उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।