Advertisement Banner
Advertisement Banner

०७ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

डाक्टर, नर्सहरू विदेशीने क्रम बढ्यो

०५ मंगलबार , श्रावण २०८३२ महिना अगाडि

डाक्टर, नर्सहरू विदेशीने क्रम बढ्यो

डाक्टर, नर्स उत्पादन हुन्छन्, उनीहरू कसरी विदेश जाने भन्ने खोजीमा हुन्छन्, अवसर पाउनासाथ विदेशीन्छन् । नेपालमा डाक्टर, नर्स टिकाउन गाह्रो हुनथाल्यो ।
मेडिकल र नर्सिङ काउन्सिलको तथ्याङ्कले नै डाक्टर, नर्स नेपालमा टिकाउन नसकिने देखाएको छ । बिगत ६ वर्षको समयमा १३ हजार डाक्टरले लाइसेन्स लिएका थिए तर ११ हजारले विदेश जान सिफारिस लिएका छन् । नर्सहरूको स्थिति पनि भयावह छ । नर्सहरूले रोजगारी पाउँदैनन्, पाए पनि उचित पारिश्रमिक पाउँदैनन् । विदेशमा डाक्टर र नर्सको माग उच्च रहेको र कमाइ पनि राम्रो भएकाले डाक्टर नर्स विदेशीन उत्साहित हुनेगरेका छन् । ‘ब्रेन ड्रेन रोक्न राज्यले नीतिगत शल्यक्रिया गर्नुपर्छ’ भन्ने आवाज शिक्षाविदहरूले उठाए पनि सरकारले यो आवाजलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिएको छ ।
यही स्थिति रहने हो भने नेपालमा डाक्टर, नर्स केही वर्षमै विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने, मेडिकल पेशामा लागेकाहरू बताउँछन् ।
नेपालप्रति अमेरिकी चासो र सहयोग पनि
नेपाली वस्तुलाई अमेरिकी बजारमा पुनः सहुलियत दिन नेपालले गरेको आग्रहलाई अमेरिकाले सकारात्मक जवाफ दिएको छ । अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमवीचको भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सन् २०१५ देखि सुरू भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को सीमा सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तु निर्यातमा सहुलियतको आग्रह गरेकी थिइन् । दुबैवीच द्विपक्षीय व्यापार, लगानी प्रबद्र्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा विशेष छलफल भएको थियो ।
मन्त्री गौरीकुमारीले नेपाल–अमेरिकावीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा विशेष सहयोग पु¥याउँदै आएकोमा प्रशंसा गर्दै गलैँचा, तयारी पोशाक तथा पश्मिनाजस्ता नेपाली वस्तुमा पुनः सहुलियतपूर्ण बजार पहुँचको सुविधा दिन र जलविद्युत तथा ऊर्जा, पर्यटन, कृषि , उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानी बढाउन आग्रह गरेकी थिइन् । कार्यवाहक राजदूत स्कट अर्बमले अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र साझेदारी निरन्तर कायम रहने विश्वास दिलाएका छन् ।