Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शान्तिसुरक्षामा प्रहरी सकृयता

०६ बुधबार , श्रावण २०८३२ घण्टा अगाडि

शान्तिसुरक्षामा प्रहरी सकृयता

अवैध लागूऔषध सहित १७ जना पक्राउ
काठमाडौं, ५ साउन । काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक घर भएका सोहम बस्नेत समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले सोहमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  
    यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ५७ ट्याब्लेट सहित धनुषा गणेशमान चारनाथ नगरपालिका ५ बस्ने २५ वर्षीय सुबास मानन्धरलाई समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरी सम्सीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३ ००१ ख ३८८६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
    बारा, कलैया उपमहानगरपालिका १९ पचायनपुर बस्ने २० वर्षीय सनोज पटेललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ५० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरीले सनोजले सोही ठाउँमा संचालन गरेको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय आइतमान थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । 
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ३ जम्बुचौतारा बस्ने २२ वर्षीय रबि स्याङ्तान र राक्सिराङ गाउँपालिका १ बस्ने २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा ७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  
धनकुटा, शहिदभूमी गाउँपालिका १ पाङ्नामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित भोजपुर हतुवागढी गाउँपालिका(९ उखुबारी बस्ने २३ वर्षीय हिलसन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका ८ सत्ति पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका १ बस्ने २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका २ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण साउँद र २३ वर्षीय खेम साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
रूपन्देही, कञ्चन गाउँपालिका ४ बेलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सैनामैना नगरपालिका(१० सालझण्डी बस्ने ३१ वर्षीय सन्दिप पुनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्धपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं, ५ साउन  । देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ओखलढुंगा लिखु गाउँपालिका(३ घर भएका २८ वर्षीय प्रदिप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका १ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन् । 
    पक्राउ मध्ये प्रदिपले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र कविताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रदिपलाई काठमाडौं महानगरपालिका ३ बाट आइतबार र कवितालाई काठमाडौं महानगरपालिका १२ बाट सोमबार पक्राउ गरेको हो ।    
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ 
कैलाली, ५ साउन  
गौरीगंगा नगरपालिका ८ देउराली टोल बस्ने २९ वर्षीय पदम दर्लामीलाई एकनाले भरूवा बन्दुक १ थान सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
पदमले सोही ठाउँस्थित शिवशक्ति सामुदायिक वनमा भरूवा बन्दुक लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गर्ने पक्राउ
कैलाली, ५ साउन । १४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका ३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ५ साउन, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका(२ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ६ घर भएका ३६ वर्षीय राजेश बिष्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट २०८२ पुस ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका ९ बाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ५ साउन  । लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका ६ बस्ने नुवाकोट ककनी गाउँपालिका(३ घर भएका ३५ वर्षीय सुरेश तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
    लागूऔषध मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेका उनी २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका(६ जोरपाटीबाट पक्राउ गरेको हो ।