६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ
सिराहा, ७ साउन । लहान नगरपालिका(३ बाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीया श्याम कुमारी साह, १९ वर्षीय शिवम साह र भारत घर भएका ३८ वर्षीय गौरव महतो रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले श्याम कुमारीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको बा।२१ च ५८६६ नम्बरको पिकअप गाडी तलासी गर्दा गाडीको पछाडीको भागमा फलफूलले छोपेर राखेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौं, ७ साउन । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलोग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मणिपुर घर भएका २० वर्षीया MONA DEVI LONGJAM र २३ वर्षीया OINAM ALLY रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूको सुटकेश तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका ९ शान्ति टोलस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका(६ घर भएका ३४ वर्षीय छिरिङ शेर्पा समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १८ बाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १८ बस्ने २४ वर्षीया निशा मगर र रूकुम पश्चिम मुसीकोट नगरपालिका(१ घर भएकी ३३ वर्षीया ललिता बुढाथोकी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका १४ बस्ने २३ वर्षीय लाल बहादर परियार र २२ वर्षीय सुरज सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिया बजारबाट नेपालगंजतर्फ आउँदै गरेको भे।११ प ३४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका(१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१४ चौलिका चोक बस्ने सोही उपमहानगरपालिका १६ घर भएका ३२ वर्षीय रज्जन सैयादलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका १४ श्रीगणेश टोल डेरा गरी बस्ने कादिर खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका १७ पनौरा बस्ने योगेश पाण्डे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले योगेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका २० होम्सबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका(३ बस्ने २५ वर्षीय सरोज आचार्यलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सल्यान, शारदा नगरपालिका(१ श्रीनगरस्थित भगवती खोला बस्ने २३ वर्षीय सन्तोष बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका(७ बकुलिया चउरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका ८ महम्मदपुर बस्ने २८ वर्षीय सादिर हुसैन अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका ४ छहारी बसपार्क बस्ने ४२ वर्षीय इन्द्र बहादुर श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ४१ ट्याब्लेट र एनारगन १३ एम्पुल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले इन्द्र बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका १ सल्लाघारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने दोलखा घर भएका १९ वर्षीय पवन खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित ताप्लेजुङ फुङलिङ नगरपालिका(२ भेटनरी चोक बस्ने २१ वर्षीय संदिप हाङगाम समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २ ह ४११३ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका ९ नयाँ रोडबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन १ सय १ ट्याब्लेट र टापेन्टाडोल १ सय ११ ट्याब्लेट सहित सोही नगरपालिका(९ बस्ने २४ वर्षीय रूपेश कुमार उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले प्र २ ०३ ०१७ प ६८७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका(६ गजरौला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका(६ बस्ने २७ वर्षीय यज्ञ राज भट्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका(१ बस्ने २४ वर्षीय राकेश राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(४ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय कृष्ण सेन्चुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित झापा, झापा गाउँपालिका ६ बस्ने ३३ वर्षीय अभिषेक केसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ४ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुष्कर मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका ६ छिना बस्ने २३ वर्षीय रबिन्द्र रोकाया समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले रबिन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका ८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४५ एम्पुल, प्रोमेथाजाइन १ सय ४५ एम्पुल, बुप्रेनोर्फिन १ सय ४५ एम्पुल र सिरिन्ज ३ थान सहित दाङ घोराही उपमहानगरपालिका(१३ बस्ने २२ वर्षीय प्रवेश घर्ती मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रा ७ प ७००७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


