Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शैली फाउन्डेसनद्वारा दाहाल सम्मानित

१० आइतबार , श्रावण २०८३६ घण्टा अगाडि

शैली फाउन्डेसनद्वारा दाहाल सम्मानित

भानु जयन्तीको सन्दर्भ पारेर असार २७ गते शनिबारका दिन शैली फाउन्डेसनले शिक्षाविद् तथा वरिष्ठ साहित्यकार रामप्रसाद दाहाललाई एक समारोह बीचमा सम्मान गरेको छ । सम्मानपछि कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दाहालले भने धन भएको त धेरै हुन्छन् मन भएकोहरुले समाजका विविध तह तप्कामा रहेकोलाई सेवा गर्नु जीवन जीउनुको सार्थकता पनि हो । शिक्षा स्वास्थ्य र साहित्यमा सेवा गर्ने काम अघि राखेर शैलीले जून काम गर्दैछ त्यो प्रशंसनीय छ भने यसले निरन्तरता पाउनु पर्छ थाक्नु हुँदैन । उनले आफू सम्मानित भएकोमा फाउन्डेसनप्रति आभार प्रकट गरे ।
    यस्तै समाजमा योगदान दिएका जेष्ठ नागरिकहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । साहित्यकार युवराज नयाँघरेले भने साहित्य र समालोचनाको चर्चा गर्दै सरिताको लेखनी राम्रो छ सरल छ मन पनि लाग्नुस् अवश्य सफल भइन्छ ।
    कार्यक्रममा पहिलो प्रेम कृतिको लोकार्पण र अन्तर विमर्श गरिएको थियो । डा.इ.नवराज खतिवडाले प्रेम र मायालाई विस्तृत चर्चा गर्दै प्रेमको महत्वमाथि प्रकाश पारे । कार्यक्रममा समीक्षक अरुण नदी खत्रीले प्रेम र माया सम्बन्धी प्रश्नको उत्तर मिलाएर विजेता बन्नुभयो । कार्यक्रममा भावना पराजुली, मुकुन्द शर्मा, कृष्ण भट्टराई, अभिलाषा तिवारीले विविध विषयको चर्चा गर्दै भानुभक्त आचार्यको महत्व बारे धारणा राखे । फाउन्डेसनका अध्यक्ष सरिता शैलीले फाउन्डेसनका कार्यक्रम सहित गतिविधि र सम्मान बारेमा बताइन् । कार्यक्रम ललितपुरको कुपण्डोलमा भएको थियो ।