Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

युके पठाइदिन्छु भन्दै ठगी

२१ बिहिबार , श्रावण २०८३५ घण्टा अगाडि

युके पठाइदिन्छु भन्दै ठगी

किलो गाँजा सहित पिकअप चालक पक्राउ
पर्सा, २० साउन । बिन्दवासिनी गाउँपालिका(५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय पोखरीय र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको प्रहरीले प्रदेश ३ ०१ ०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित १६ जना पक्राउ
काठमाडौं, २० साउन । रोल्पा, माडी गाउँपालिका २ घर्तीगाउँ बजार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, धनगढी उपमहानगरपालिका २ विशालनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९४ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुबाश हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी कैलाली, टीकापुर नगरपालिका १ खडकचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका ७ बस्ने २३ वर्षीय मिन रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ३ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका १२ जुगेडा बस्ने १९ वर्षीय बिरख बहादुर नेपालीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय  धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    सुर्खेत, सिम्ता गाउँपालिका(६ राकमबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण लुहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले क।प्र। ०२ ००२ प ०४५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    मोरङ, बेलबारी नगरपलिका १ सिसौलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही नगरपालिका १ बस्ने २४ वर्षीय बिकास रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    पाँचथर, फिदिम नगरपालिका १ बरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय निराजन खतिवडा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
नवलपरासी पश्चिम, सरावल गाउँपालिका ६ बडसारेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ सय  एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित सोही गाउँपालिका ४ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु  ६ प ६८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, बेलौरी नगरपालिका १ खल्ला पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित पुनर्बास नगरपालिका ३ राम बस्ती बस्ने १९ वर्षीय निशान्त तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु प प्र ०१(०१२ प ७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बाँके, बैजनाथ गाउँपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम र नगद ३६ हजार ९ सय ६५ रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    चितवन, रत्ननगर नगरपालिका ७ लौखानीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम र नगद १ लाख २९ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४३ वर्षीय दिपक महतो र उनकै छोरा २५ वर्षीय राहुल महतो रहेका छन् । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी
काठमाडौं, २० साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका(२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   
    रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३१ बाट पक्राउ गरेको हो । 
    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पेस्तोल सहित तीन पक्राउ
सिराहा, २० साउन । लहान नगरपालिका २२ सलोखरीबाट पेस्तोल १ थान र म्याग्जिन १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय संजय दास रहेका छन् । 
प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।