Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अवैध लागूऔषध सहित विदेशी पक्राउ 

२२ शुक्रबार , श्रावण २०८३७ घण्टा अगाडि

अवैध लागूऔषध सहित विदेशी पक्राउ 

काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा भारत उत्तर प्रदेश लुधियाना ठेगाना भएका ४३ वर्षीय RENKU MEHEN  र भारत उत्तर प्रदेश जोया ठेगाना भएका ३२ वर्षीय MOHAMMAD HASNAIN रहेका छन् । 
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न ःइज्ब्ःःब्म् समेत ३ जनाले भारत उत्तर प्रदेश लुधियानाबाट युपि ३८ एपि १९७३ नम्बरको गाडी लिई काठमाडौं आएको भन्ने खुल्न आएपश्चात प्रहरीले खोजी गर्ने क्रममा धादिङ धुनिवेशी नगरपालिका ९ कानाकोटस्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा उक्त गाडी फेला पारी तलासी गर्दा थप ५ सय ग्राम गाँजा फेला परेको हो । 
प्रहरीले हाल फरार २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको छ ।