Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बास-ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई

२८ बिहिबार , श्रावण २०८३८ घण्टा अगाडि

बास-ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई

नेपालगन्ज । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिने बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का युवा ऋतिक शाहीलाई प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय सुशिला बादी नेपालीको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा आयोजित  बिशेष कार्यक्रमका बिच बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ बाट युवा, बालवालिका तथा मानविय कार्यमा क्रियाशिल युवा शाहीले हासिल गरेका छन् । 
बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष शाहीले प्राप्त गर्न सफल भएका हुन् । आज नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच सामाजिक कार्यमा समर्तीत भई लामो समय देखि बालमैत्री स्थानीय शासन, बाल अधिकार, मानविय तथा सामाजिक सेवाका लागि अनवरत पुर्याउनु भएको नबिनतम, श्रृजनशिल योगदानको कदर गर्दै सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रात्त गर्न सफल भएका छन् । कार्यक्रममा बिच सम्मान प्रदान लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि माननिय सुशिला बादी नेपाली लगायत अतिथिहरुले गरेका थिए । 
युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ को घोषणा गरेका थिए । 
पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननिय सुशिला बादी नेपालीले युवा पुरस्कारले युवाहरुमा उत्साह थप्ने जनाउदै यस्ता सम्मान तथा पुरस्कारहरुको निरन्तरतामा जोड दिनुपर्ने बताएका थिए । 
बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२६ प्राप्त गर्न सफल ब्यक्तित्व ऋतिक शाहीले निश्वार्थ रुपमा बालमैत्री स्थानीय शासन, युवा अभियान, मानवीय कार्यको मुल्यांकन गर्दै प्रदान गरिएको सम्मानले थप जिम्मेवार बनाएको बताए । उनले आफ्नो अभियानमा सहयोग, साथ र समर्थन गर्ने सबै युवाहरुको साथ र सहयोगका कारण अवार्ड प्राप्त गर्न सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गरे । उनले निरन्तर युवाहरुको क्षेत्रमा कार्य गरिरहने प्रतिबद्धता गरेका छन् । गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । 
२०११ देखि बास युवा पुरस्कारको नामले शुरु गरेको पुरस्कारमा २०१२ देखि ब्राईटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ ।  यो पुरस्कार २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त के।सी।, २०१४ मा शैक्षिक उद्यमी किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा अभियन्ता शवनम प्रबिन, २०१७ मा हरित अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, २०२३ मा समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, २०२४ मा रक्तदाता उत्प्रेरक सुनिल परियार र २०२५ मा पत्रकार, सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको थियो ।