Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ

३१ आइतबार , श्रावण २०८३७ घण्टा अगाडि

लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं, ३० साउन । कास्की, पोखरा महानगरपालिका १ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका १९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका १ सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङले सोही महानगरपालिका २५ हेम्जास्थित डेरा कोठामा लागूऔषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ८ सय ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
मोरङ, सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रसान्त मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी मोरङ, लेटाङ नगरपालिका ३ विरनटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका ६ नर्सरी डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित सोही गाउँपालिका ४ बस्ने २४ वर्षीय निमेस घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, इटहरी उपमहानगरपालिका १० शिवनारायण टोल बस्ने ४१ वर्षीय मोहन गुरूङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोहनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
बर्दिया, बढैयाताल गाउँपालिका २ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ सय ४९ ग्राम ३ सय ६० मिलिग्राम   सहित बढैयाताल गाउँपालिका २ बस्ने ५२ वर्षीय दिवे सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 
धनुषा, विदेह नगरपालिका ८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय उमेश मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, बिर्तामोड नगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका १ बस्ने ४० वर्षीय सन्तोष राजबंशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र १ ०१ ००२ ह ७८६६ नम्बरको सिटि सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
ललितपुर, ललितपुर महानगरपालिका २९ हरीसिद्दी गुमथचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र अवैध लागूऔषध पोलेन ४ ग्राम सहित सोही ठाउँ बस्ने महोत्तरी बर्दिबास नगरपालिका २ घर भएका २५ वर्षीय सुरज तामाङ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरीसिद्दीबाट खटिएको प्रहरीले ना ३३ प ६४५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका ३ ईमाडोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय १० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाजुरा घर भएका २९ वर्षीय खगेन्द्र बहादुर राउतलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, धनगढी उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका(५ बस्ने २० वर्षीय क्रिस बम समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
तनहुँ, ब्यास नगरपालिका ९ माझफाँट बस्ने ३० वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ५० ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
उदयपुर, कटारी नगरपालिका ३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय सलम खान समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धकमा संलग्न सात पक्राउ
काठमाडौं, ३० साउन । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ७ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका ५ फापरबारी बस्ने २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका ४ बस्ने २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका ५ बस्ने २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका २ बस्ने २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका ३ बस्ने २२ वर्षीय प्रदिप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका ८ बस्ने २३ वर्षीय देव कुमार श्रेष्ठ रहेका   छन् ।   
काठमाडौं महानगरपालिका २६ मित्रनगर बस्ने झापा घर भएका पीडितलाई अपरिचित ५ - ६ जनाको समूहले अपहरण गरी, बन्धक बनाई कुटपिट समेत गरी पीडितको परिवारसँग १८ लाख रूपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको उद्दार समेत गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।