
सिङ्गो राजनीतिक खेमालाई हत्केलामा नचाएका चन्द्र ढकालले चन्द्रागिरी केबुलकारका लागि ३६ हेक्टर राष्ट्रिय वन कौडीको भाउमा लिजमा लिएको विषय यतिबेला चर्चामा छ ।
बालमन्दिर, बालुवाटारदेखि काठमाडौंको चन्द्रागिरि डाँडोको फाइल प्रम बालेन साहले अनुसन्धान गराइरहेको खुलेको छ । चन्द्रागिरिको डाँडाको फाइलको शल्यकृया भइरहँदा त्यो फाइल रोक्न ढकालसँग लाभ लिएका तत्कालीन प्रम झलनाथ, खिलराज, केपी, पचण्ड, माधव, वावुराम र शेरबहादुर देउवासम्म झस्किएका छन् र त्यो फाइल नखोल्न दबाब दिएका छन् । ढकाललाई जोगाउन सक्लान् र ?


