Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

०२ मंगलबार , भाद्र २०८३७ घण्टा अगाडि

नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १ भदौ । कञ्चनपुर, कृष्णपुर नगरपालिका ५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका ५ पबित्राबस्ती बस्ने २३ वर्षीय रोशन चौधरी, कैलाली गोदावरी नगरपालिका ३ बस्ने २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन् । अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 
चितवन, राप्ती नगरपालिका ५ बाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ७० ग्राम सहित सोही नगरपालिका ११ बस्ने ६५ वर्षीय मान बहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले शिखर डाँडाबाट भण्डारातर्फ आउँदै गरेको ग १ ख ७४४४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल वायुसेवा निगमका दुई कर्मचारीह पक्राउ
काठमाडौं, १ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका ३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय ७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।

भरूवा बन्दुक बरामद
रूकुम पूर्व, १ भदौ । सिस्ने गाउँपालिका २ सुद्रीस्थित फुलवारी सामुदायिक वनको ओढारबाट भरूवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।