
अनलाईन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नलाई पक्राउ गर्न नेपाल प्रहरी थप सक्रिय
काठमाडौं, ३ भदौ । १७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय Zhu Yi Feng गत चैत १९ गते काठमाडौं ठमेलबाट पक्राउ परे । यस्तै ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बंगलादेशी नागरिक २९ वर्षीय MD Shehabul Islam गत चैत ११ गते पक्राउ परे । यसैगरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।
पक्राउ परेका व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । प्रविधिको तीव्र विकास एवम् सहज पहुँच सँगै यसको दुरूपयोगबाट हुने आपराधिक घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाईन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबारहरू बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा अनलाईन बेटिङमा संलग्न ४८ जना पक्राउ परे । जसमध्ये २६ जना विदेशी नागरिकहरू र २२ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा अनलाईन बेटिङमा संलग्न ९३ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा अनलाईन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकहरू समेत जम्मा ६२ जना पक्राउ परेका थिए ।
यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिकहरू र ३५ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय १७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकहरू समेत जम्मा १० जना पक्राउ परेका थिए ।
विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाईन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको देखिन्छ । अनलाईन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा प्रहरीको भूमिका बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी ९विशेष गरी खेलकुद बेटिङ० मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’
अनलाईन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसुरमा मानिसलाई न्चययmष्लन ९उत्सुकर तयारी० गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ । मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद ५ दफा १२५ को उपदफा ४ मा भएको व्यवस्था बमोजिम सट्टाबाजी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यदि ठगी आकर्षित भएमा मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद २० दफा २४९ उपदफा १ अनुसार सजाय हुन्छ । जसअनुसार भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्ष सम्म कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुन्छ भने आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना तथा सो बाहेकको अन्य किसिमले गरेको ठगीको हकमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । साथै यदि साइबर अपराध आकर्षित भएमा विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ बमोजिम सजाय हुन्छ ।
यस्तै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिने हुनाले यसको अस्तित्व अनलाईनमा मात्र सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चिती सम्बन्धी, वित्तीय ग्राहक संरक्षण, लगानी असुरक्षा र ठगी क्रिप्टोकरेन्सी प्रयोगका मुख्य जोखिमहरू हुन् । क्रिप्टोकरेन्सीमा संलग्नहरूलाई मुलुकी अपराध संहिता ९संशोधन सहित०, २०७४ को दफा २६२ ९क० अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुन्छ ।
लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं, ३ भदौ । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय ८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया MYATTHWAL SHEIN, ३२ वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका ९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मोरङ रतुवामाई नगरपालिका ८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका ७ बस्ने २३ वर्षीया शर्मिला सावालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, कमल गाउँपालिका ५ चोलुङ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित चुलाचुली गाउँपालिका ३ पेल्टीमारी बस्ने २४ वर्षीय निराज तामाङ समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे ११ प ८१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका ६ स्यालडाँगी बस्ने ३६ वर्षीया गिता महतोलाई अवैध लागूऔषध गाँजा ५ सय २८ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले गिताको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका १० लक्ष्मीनिया मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मिर्चैया नगरपालिका ११ सोनी टोल घर भएका २४ वर्षीय प्रदिप चौधरी र सप्तरी बोदेबरसाईन नगरपालिका ५ भाती घर भएका २५ वर्षीय दिगम्बर पण्डित रहेका छन् । प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले प्रदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र ०२ ०१ ००१ प ८११२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका(१ आँपगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ७ हजार ८ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १ हर्रा टोल बस्ने १९ वर्षीय रोजेश श्रेष्ठ, ४६ वर्षीया ज्ञानी चौधरी र ३० वर्षीय मुकेश चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १५ बस्ने १९ वर्षीय सन्नी सराफ र सोही महानगरपालिका १२ बस्ने १९ वर्षीय साहिल सराफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ना ६५ प २८६१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका ५ बस्ने २८ वर्षीय जाफर अली नाउ र २९ वर्षीय अस्लाम नाउ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं, ३ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका २ घर भएका ५१ वर्षीय फुलमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
फुलमानले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, ३ भदौ, रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका १ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका(५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय ईन्द्र बहादुर केसी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल रेडक्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर, भक्तपुर नगरपालिका(४ ९क० मा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता ले लिएको एवम् क्षेत्रफल ५ १३ ३ ० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५ ६ २ १ मात्र रहेको खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
भन्सार छली गरी ल्याएको सुन सहित एक जना पक्राउ
कैलाली, ३ भदौ । धनगढी उपमहानगरपालिका १ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज उपमहानगरपालिका ९ बस्ने ३६ वर्षीय दिपक गौरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।
करिब ३ सय किलोग्राम गाँजा बरामद
सर्लाही, ३ भदौ । डेना गाउँपालिका १ लक्ष्मीपुर बस्ने बिजनन पटेलको घरबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा १५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार बिजननको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


