Advertisement Banner
Advertisement Banner

०५ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

गाँजा, लागूऔषधदेखि बलात्कारी पक्राउ

०४ बिहिबार , भाद्र २०८३९ घण्टा अगाडि

गाँजा, लागूऔषधदेखि बलात्कारी पक्राउ

करिब ६ सय ६० किलोग्राम गाँजा सहि १४ डाईनी खोला बस्ने ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ६० किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले नर बहादुरको घर तलासी गर्दा २६ वटा बोरामा रहेको करिब ५ सय ६० किलोग्राम र जेसुन मायाको गोठ तलासी गर्दा ४ वटा ड्रममा रहेको १ सय किलोग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, ४ भदौ । काठमाडौं, तारकेश्वर नगरपालिका ७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, पथरी शनिश्चरे नगरपालिका १० संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय घनश्याम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
झापा, हल्दीबारी गाउँपालिका २ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५५ मिलिग्राम सहित भद्रपुर नगरपालिका ७ बस्ने २३ वर्षीय सुबास राजवंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
सुनसरी, इटहरी उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन १ हजार २ सय ३० ट्याब्लेट र नगद ५३ हजार २ सय १० रूपैयाँ सहित सोही उपमहानगरपालिका ५ जनताबस्ती बस्ने मोरङ घर भएका २६ वर्षीय निकेश माझी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को ३६ प ५५४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
दाङ, तुलसीपुर उपमहानगरपालिका ९ सल्लेवनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय प्रेम बहादुर डाँगी र सोही उपमहानगरपालिका ८ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी दाङ, लमही नगरपालिका ५ सुनखोली गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित गढवा गाउँपालिका ६ गढवा बस्ने भारत घर भएका २३ वर्षीय नसिव अहमदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
कपिलवस्तु, कृष्णनगर नगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित शिवराज नगरपालिका ९ बानियाभार बस्ने २२ वर्षीय अर्जुन सुनार समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहादुरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    भक्तपुर, सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने धादिङ धुनीबेशी नगरपालिका २ घर भएका २९ वर्षीय सुरज लुइटेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    सुनसरी, धरान उपमहानगरपालिका १६ स्वामीचोक बस्ने २१ वर्षीय विदुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रामेछाप, ४ भदौ । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानरपालिका १७ घर भएका २१ वर्षीय प्रेम बिसुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
प्रेमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।