
काठमाडौं, 21 अगस्ट २०२६ – विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्विडेनको स्टकहोममा भेला भइरहेका बेला, नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्षले मूलाधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उप(राष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। उक्त मार्गचित्र ललितपुरस्थित इसिमोड मुख्यालयमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो।
यो मार्गचित्र लाखौँ नेपालीको पिउने पानी, घरायसी प्रयोजन, पशुपालन र सिँचाइको आवश्यकतासँग जोडिएका, तर सुक्दै गएका पानीका मुहानहरूको संरक्षण तथा पुनःस्थापनाका लागि स्थानीय तहले आफ्नै स्वामित्वमा तयार गरेको कार्ययोजना हो।
जलवायु परिवर्तन तथा मानवीय गतिविधिबाट सिर्जित विभिन्न कारणले नेपालभरका मुहानहरूमा बढ्दो दबाब परिरहेको महत्त्वपूर्ण समयमा यो पहल अगाडि बढाइएको छ। भूमिको उपयोगमा परिवर्तन, वन विनाश, जनसंख्या वृद्धि, डढेलो, अत्यधिक चरिचरन तथा चरम मौसमी घटनालगायतका कारणले मुहानहरू थप जोखिममा परिरहेका छन्।
काभ्रेपलाञ्चोक जिल्लाका सात नगरपालिका तथा गाउँपालिकाहरूमा नागरिक विज्ञानमा आधारित विधिबाट करिब ५,७०० पानीका स्रोतहरूको नक्साङ्कन गर्दा, हाल प्रवाहमा रहेका मुहानमध्ये ५८ प्रतिशत मुहानहरूमा पानीको बहाव घट्दै गएको तथा करिब एक चौथाइभन्दा बढी मुहानहरू पूर्ण रूपमा सुकिसकेको पाइएको छ।
राष्ट्रिय स्तरमा, नेपालको कुल जनसंख्यामध्ये केवल १६ प्रतिशतले मात्र सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवामा पहुँच पाएका छन् ९संयुक्त राष्ट्रसंघ, २०२४०। यसको अर्थ, ग्रामीण क्षेत्रमा बसोबास गर्ने लाखौँ परिवारका लागि पानी लिन टाढासम्म हिँड्नुपर्ने, महिला तथा बालबालिकाको कामको बोझ बढ्ने र कृषि उत्पादकत्वमा कमी आउनु हो।
मुहानहरू सुक्दै जानु भुटान, भारत र पाकिस्तानलगायत हिन्दुकुश हिमालय क्षेत्रका अन्य देशहरूमा पनि बढ्दो चिन्ताको विषय बनिरहेको छ।
मार्गचित्रबारे
यो मार्गचित्र काभ्रेपलाञ्चोक जिल्लाका दुई गाउँपालिका, र चार नगरपालिका, धनकुटा जिल्लाका दुई नगरपालिका र खोटाङ जिल्लाको एउटा नगरपालिकाको सहभागिता तथा सहकार्यमा संयुक्त रूपमा तयार गरिएको हो।
यस मार्गचित्रका प्रमुख उद्देश्य निम्नानुसार छन् स्
मूलाधार व्वस्थापनका लागि स्थानीय सरकारहरूको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्नु
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ९न्भ्क्क्ष्० प्रति उत्तरदायी मूलाधार व्यवस्थापनलाई स्थानीय नीति, वार्षिक योजना तथा बजेट प्रक्रियामा समावेश गर्नु
नेपालका पहाडी तथा हिमाली नगरपालिकाहरूमा अनुकूलन तथा विस्तार गर्न सकिने नमुना विकास गर्नु
सहभागी स्थानीय सरकारहरूका अनुभव, चुनौती, प्राथमिकता, सुझाव तथा सिफारिसका आधारमा तयार पारिएको यस मार्गचित्रले स्थानीय तहमा पानीको अभाव तथा असुरक्षालाई सम्बोधन गर्न सहकार्यमा आधारित दृष्टिकोण प्रस्तुत गर्दछ।
यो कार्य अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोगमा तथा बेलायत र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
मितिस् २४ अगस्ट २०२६ ्र बिहान १०स्०० बजे
स्थानस् इसिमोड मुख्यालय, काठमाडौं
मार्गचित्रबारेस् म्यधलयिबम


