
नेपालमा परेको विपद्मा आपातकालीन, मेडिकल, आर्थिक सहायता दिन भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया, जापानलगायतका राष्ट्रहरू अगाडि आएका छन् । अमेरिकी राष्ट्रपतिले नेपाललाई जे चाहिन्छ, दिन्छु भनेका छन् भने एलन मष्कले बाढीग्रस्त क्षेत्रमा एप्पल, स्टार लिंक सहयोग दिन आएको छ । मस्कले नेपालमा आफ्नै स्वामित्वमा स्टारलिंक स्थापित गर्ने प्रस्तावसमेत सरकारलाई दिइसकेका छन् । नेपालका सबै बर्ग र तप्काले मन खोलेर सहयोग जुटाइरहेका छन् । बालेन सरकार मानवीय उद्धार, सहयोगलाई भूराजनीतिकरण नहोस् भनेर सचेत देखिन्छ ।


