
३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
काठमाडौं, १६ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक -हलुका उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रशिक्षार्थीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान १९ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं, १६ भदौ । रूकुम पूर्व, सिस्ने गाउँपालिका ६ खोपिचारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने
पदार्थ १६ ग्राम ७ सय ८० मिलिग्राम सहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ५ लाहा बस्ने ४१ वर्षीय मोति बहादुर रोकायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ पुर्बेली दमार बस्ने २१ वर्षीय रंजन
भोम्जनलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४५
ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर
समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको
हो । साथै उनले प्रयोग गर्ने बा ३१ प ७१९२ नम्बर र बा ८४ प ६०७० नम्बरको
मोटरसाइकलहरू समेत प्रहरीले बरामद गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका(३ बडारा बस्ने बर्दगोरिया
गाउँपालिका ६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी उपमहानगरपालिका(३ मिलन
चोक बस्ने डोटी जोरायल गाउँपालिका ५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी
उपमहानगरपालिका ३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, १६ भदौ
बारा, परवानीपुर गाउँपालिका ४ केडिया आँखा अस्पताल अगाडि सडकमा वीरगंजबाट
हेटौंडातर्फ जाँदै गरेको म।प्र।०३(००१ ज ०९०१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री भारत
मोतीहारी बस्ने महम्मद गुफानको छोरा अन्दाजी ७ वर्षीय महम्मद ईशानको मंगलबार दिउँसो
मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा
उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, दुहबी नगरपालिका ८ स्थित अरिहन्त एग्रो ईन्डष्ट्रिज प्रालिको कम्पाउण्ड भित्र
को १ क ३०३४ नम्बरको क्रेनले किचेर उक्त फ्याक्ट्रीमा काम गर्ने सोही नगरपालिका ८ बस्ने
३६ वर्षीय महेश्वर मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको विराट मेडिकल कलेज हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


