
काठमाडौं । पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंस्थित क्वालिटी ब्याङ्क्वेटमा सम्पन्न साधारण सभाले टेकराज पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।
संस्थाका अध्यक्ष टेकराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सस्थाका सचिब कृष्ण प्रसाद घिमिरेले कार्यक्रम सन्चालन गर्नुभएको थियो । अतिथिको रुपमा लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष सुरज पोखरेल, संस्थाका सल्लाहकार टीकाराम पोखरेल तथा पूर्वसल्लाहकारहरू निमप्रसाद भण्डारी, नरेशकुमार अधिकारी, मोतिराज खनाल, बाबुराम रायमाझी, बालकृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी संस्थाका व्यवस्थापक टीकाराम पौडेल, पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, शेयर धनी सदस्य, पत्रकार, कलाकार र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री रामेश्वर खनालले सहकारीको भीडमा पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था चुस्त, दुरुस्त र मजबुत अवस्थामा रहेको बताउनुभयो। उहाँले नवनिर्वाचित समितिले सहकारीको गरिमा अझ उचाइमा पुर्याउँदै सदस्यहरूको हितमा प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष मणि अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तै लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष सुरज पोखरेलले ‘पवित्र लुम्बिनी’ नामजस्तै संस्थाको काम र गतिविधि पनि पवित्र तथा विश्वासिलो रहेको बताउनुभयो।
साधारण सभामा संस्थाको वर्तमान अवस्था, आर्थिक तथा संस्थागत प्रगति, आगामी योजना र सहकारीको थप विकासका विषयमा छलफल गरिएको थियो। सभाले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
साधारण सभाबाट टेकराज पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएसँगै संस्थाको आगामी कार्यदिशा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित समितिले सदस्यहरूको हितलाई पहिलो प्राथमिकतामा राख्दै संस्थाको संस्थागत विकास, सुशासन र पारदर्शितालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
साधारण सभामा नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको आगामी यात्रा थप उपलब्धिमूलक र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।
पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा बाट निर्बिरोध निर्बाचित
अध्यक्ष: श्री टेकराज पोखरेल
उपाध्यक्ष: श्री हेमन्त घिमिरे
सचिव: श्री मणिराम अधिकारी
कोषाध्यक्ष: श्री रुद्र पोखरेल
सदस्यहरूमा क्रमश:
श्री दिवाकर पराजुली
श्री हरिप्रसाद पोखरेल
श्री तुलसीराम भण्डारी
श्री अरुण सेजवाल
र महिला सदस्यमा
श्रीमती लक्ष्मी भण्डारी पौडेल
लेखा सुपरिवेक्षण समिति:
संयोजक: श्री बाबुराम रायमाझी
सदस्यहरू: श्री मुकुन्द घिमिरे
: श्री केशव खनाल


