Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्रहरी सकृयता झन बढ्यो

२३ मंगलबार , भाद्र २०८३८ घण्टा अगाडि

प्रहरी सकृयता झन बढ्यो

१ सय ६२ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
मकवानपुर, २३ भदौ । मनहरी गाउँपालिका ९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरू चितवन माडी नगरपालिका ५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१ ०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक देव नारायण र लागूऔषध कारोबारमा संलग्न ग २ च ६१५ नम्बरको पिकअप चालक टेक बहादुरलाई समेत पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
काठमाडौं, २३ भदौ  । सुनसरी, इटहरी उपमहानगरपालिका १६ मितेरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका १७ बस्ने १९ वर्षीय अबु खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका ७ बज्राहा मुसरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम र गाँजा ३ किलो ९ सय ४० ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय दिनेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  
    यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका १० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका १० बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका ११ मधुवन बुधबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका २ बस्ने ४० वर्षीय कर्ण बहादुर राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र १ ०२ ०५१ प ४८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    झापा, कनकाई नगरपालिका ५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका ४ मनकामना टोल बस्ने ३२ वर्षीय रोशन चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका ११ बस्ने २१ वर्षीय गोबिन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका ११ बस्ने ३० वर्षीय कृष्ण बहादुर प्रधान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले गोबिन्दलाई ४ ग्राम ९ सय २० मिलिग्राम र कृष्णलाई  ४ ग्राम ९ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, दमक नगरपालिका २ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया बौकामजरफ घर भएका १९ वर्षीय मोहमद फारूक र २५ वर्षीय चन्दन कुमार मण्डल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रंजित बस्नेत, ३० वर्षीय अनिश चौलागाई र २९ वर्षीय इन्द्र बहादुर अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले रंजितको भान्सा घर तालसी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ५ एम्पुल सहित सोही उपमहानगरपालिका १२ बस्ने २६ वर्षीय निम लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका १० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका १० महिलावार बस्ने २३ वर्षीय राजेश प्रसाद तेली, २२ वर्षीय राजेश कुमार तिवारी, सोही नगरपालिका ५ बस्ने २५ वर्षीय आजिजु राहमान मुसलमान र २५ वर्षीय कृपा शंकर उपाध्याय रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु ३९ प ६२१० नम्बरको मोटरसाइकल र लु १४ प ३७६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट सहित भारत उत्तरप्रदेश खुसीनगर तुरपट्टी फाजीनगर बस्ने २३ वर्षीय साहिल अन्सारी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ जाँदै गरेको युपी ५७ बिएन ३०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    ललितपुर, ललितपुर महानगरपालिका ७ दुपाट डेरा गरी बस्ने काभ्रे पनौती घर भएका ४३ वर्षीया मिना केसीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ हजार १ सय ३० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले मिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका ८ डुकुछापबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका(२२ खोकना बस्ने ३३ वर्षीय बिकास खड्की र सोही ठाउँ बस्ने सुनसरी घर भएका ३० वर्षीय शुभम गुरूङ रहेका छन् ।  प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा ३४ प ४५२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    इलाम, सूर्योदय नगरपालिका ८ शान्ति चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ कन्याम बस्ने ३० वर्षीय मिक कुमार तामाङ र २४ वर्षीय रोशन तामाङ रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले प्र १ ०१ ००१ ह ८७४७ नम्बरको अटो तलासी जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक मिक कुमार र अटोमा सवार रोशनलाई पक्राउ गरेको हो । 
    पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका ७ बस्ने २७ वर्षीय मनोज विक र सोही गाउँपालिका ५ बस्ने २७ वर्षीय राकेश भोलन रहेका छन् । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    सर्लाही, हरिवन नगरपालिका ९ सुकेपोखरीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित धनकौल गाउँपालिका ६ हनुमाननगर बस्ने २६ वर्षीय सुबोध कुमार यादव समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बीआर ३० एक्स २२४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
दाङ, घोराही उपमहानगरपालिका १५ मधुवन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका १८ बालुवाटार बस्ने २७ वर्षीय बिष्णु प्रसाद सोनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, उर्लाबारी नगरपालिका ४ नयाँ बस्ती बस्ने ४८ वर्षीय मान बहादुर परियार समेत २ जनालाई अवैध लागूऔषध गाँजा १ किलो २ सय ८० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले मान बहादुरको घरमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ८ कालिञ्चोकबाट अवैध लागूऔषध चरेस करिब ३८ ग्राम ४ सय ७० मिलिग्राम र नगद ४८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला गाउँपालिका ५ बस्ने ३७ वर्षीय जनक बहादुर रावल, सोही गाउँपालिका ५ बस्ने ३१ वर्षीय जगत बुढा र गुठिचौर गाउँपालिका १ बस्ने ४८ वर्षीय टेक बहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(९ पृथ्वी चोकस्थित न्यू पाथिभरा होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका ३ घर भएका ३७ वर्षीय किसान भन्ने दल बहादुर मल्ललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार कसुरका फरार पक्राउ
काठमाडौं, २३ भदौ  । वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका ५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भएका २६ वर्षीय भुवन भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका ५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।