
लागूऔषध सहित २२ जना पक्राउ
काठमाडौं, २५ भदौ । झापा, शिवसताक्षी नगरपालिका(६ माईखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका ५ बस्ने २३ वर्षीय सनम ताजपुरीया समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका १ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम र चरेस ३ सय ८० ग्राम सहित होटल संचालिका म्याग्दी धौलागिरी गाउँपालिका(२ घर भएकी ४५ वर्षीया मिना थापा भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने डोटी दिपायल सिलगढी नगरपालिका ८ लडागडा घर भएका २३ वर्षीय रमेश कुञ्जेडालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका १२ सिक्रोनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका १२ सिक्रोन बस्ने २४ वर्षीय दिपक सहनी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका ३ कटैया बस्ने २८ वर्षीय जाबैद अंसारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ८ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले जाबैदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका १६ लिंक रोडस्थित होटल अमन प्यालेसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० ग्राम ३० मिलिग्राम, नगद ३२ हजार १ सय नेपाली रूपैयाँ र ४ हजार २ सय भारतीय रूपैयाँ सहित भारत मोतिहारी रक्सौल १३ घर भएका ३५ वर्षीय बिशाल कुमार कुशवाहालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका ९ रामपुर टोल बस्ने २२ वर्षीय निरज ठाकुर लोहार र सोही उपमहानगरपालिका(६ मदर्सा टोल बस्ने २८ वर्षीय अनिल गिरी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।४७ प ९६७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका(४ भथौरा बस्ने ७० वर्षीय दुखी महतोलाई अवैध लागूऔषध गाँजा १७ किलो ४ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ५ कुमारीपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्पासपेन १० ट्याब्लेट र नगद ४५ हजार २ सय ८५ रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपलिका ५ सल्यानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर थारू समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका ११ स्थित नयाँ बसपार्कको १ नम्बर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका(२ बस्ने २८ वर्षीय शैलेन्द्र बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका ४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय पूर्ण बहादुर चन्द र नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका लोकन्थली बस्ने सप्तरी सुरङ्गा नगरपालिका ५ घर भएका २४ वर्षीय मोहमद नुरूलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
महोमदले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।
सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने चार जना पक्राउ
काठमाडौं, २५ भदौ, सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका ५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका ८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका ३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका ५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।
काठमाडौं महानगरपालिका ३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।
हातहतियार निर्माण, बिक्री गर्ने तीन पक्राउ
गुल्मी, २५ भदौ । अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा छत्रकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय बुद्धि बहादुर कामी, ४१ वर्षीय झग बहादुर विक र ६० वर्षीय प्रेम बहादुर सिंजाली रहेका छन् ।
अवैध हातहतियार निर्माण गरी बिक्री वितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक ९ थान, बन्दुकको नाल ४२ थान, काठको निर्माण हुँदै गरेको कुन्जी बट ८ थान, काठको बट ५ थान, फलामको गज २ थान, गोली छर्रा २ सय २१ थान, बन्दुकको चाँप पुर्जा ७ थान, बारूद जस्तो देखिने पदार्थ ८९ ग्राम ८५० मिलिग्राम, जंगली जनावरको ओखेटोपहार, हड्डी, छाला, भरूवा बन्दुकमा लाग्ने गोली ३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।
अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
काठमाडौं, २५ भदौ, काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४२ वर्षीय प्रविन केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ९० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
११ थान एकनाले भरूवा बन्दुक बरामद
दाङ, २५ भदौ । दाङका विभिन्न स्थानबाट एकनाले भरूवा बन्दुक ११ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका १ शिरूखर्क राष्ट्रिय वनबाट ६ थान, प्रहरी चौकी हाँसिपुरबाट खटिएको प्रहरीले बङ्लाचुली गाउँपालिका ८ कएनापानी सामुदायिक वनबाट २ थान र अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको प्रहरीले लमही नगरपालिका ७ नवशान्ती सामुदायिक वनबाट ३ थान एकनाले भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


