Advertisement Banner
Advertisement Banner

३० मंगलबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

अभिनव साहित्य समाजको २५औं साधारणसभा सम्पन्न

२९ सोमबार , भाद्र २०८३१५ घण्टा अगाडि

अभिनव साहित्य समाजको २५औं साधारणसभा सम्पन्न

जयराम बिडारी-------------

भाद्र २७, काठमाडौँ । अभिनव साहित्य समाजको २५औँ साधारणसभा, १६१औँ मोती जयन्ती तथा २९६औँ मासिक कवि गोष्ठी एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।  भैरव स्मृति भवन जोरपाटी नयाँबस्तीमा आयोजित उक्त कार्यक्रममा समाजको नयाँ नेतृत्व चयनका साथै वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई सम्मान र विभिन्न स्रष्टालाई पुरस्कृत गरिएको छ ।

नयाँ कार्यसमिति निर्विरोध चयन

साधारणसभाले गोविन्द घिमिरे ‘वेदमणि’को अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उद्धब रायमाझीको संयोजकत्वमा कृष्णप्रसाद नेपाल र बालमुकुन्द कार्की सम्मिलित निर्वाचन समितिले सम्पन्न गराएको निर्वाचनबाट गठित समितिमा गोविन्द घिमिरे ‘वेदमणि’ अध्यक्ष,विमल अर्याल उपाध्यक्ष मेनका आचार्य पोखरेल,बीपी इलामे सह(सचिव, घनश्याम प्रसाईँ कोषाध्यक्ष,सुमन पुडासैनी ‘मित्र’ सह–कोषाध्यक्ष र  नवराज पुडासैनी ‘ज्योत्स्ना’, दिलिप अर्याल, र सरिता दुलाल घिमिरेलाई सदस्यका रुपमा निर्विरोध निर्वाचित गरिएको थियो ।

सो अवसरमा प्रतिवेदन प्रस्तुत तथा पारित

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं। ५ का अध्यक्ष नारायण सुवेदीकोा प्रमुख आतिथ्यमा सम्पन्न पहिलो सत्रको उद्घाटन भएको थियो । उद्घाटन मन्तव्य राख्दै नगर प्रवक्ता सुवेदीद्वारा साहित्य र संस्कृतिको उत्थानमा समाजले पुर्‍याएको योगदानको प्रशंसा गर्दै थप क्रियाशीलताका निम्ति शुभकामना व्यक्त गरिएको थियो ।

बन्दसत्रमा सचिव परशुराम पराजुली ‘पराशर’ र कोषाध्यक्ष घनश्याम प्रसाईँद्वारा प्रस्तुत गरिएको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन र अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’द्वारा प्रस्तुत गरिएको भावी कार्ययोजनामाथि व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार देवीका तिमल्सिनाद्वारा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

सो समारोहमा नवनिर्वाचित कार्यसमितिको चयन पश्चात

स्रष्टा सम्मान, मोती जयन्ती र काव्य प्रवाह संचालन गरिएको थियो । अपराह्न १ बजेबाट प्रमुख अतिथि पवन आलोक र विशेष अतिथि मञ्जुश्री प्रधान केसीको आतिथ्यतामा दोस्रो सत्र सुरु भएको थियो । कार्यक्रममा १६१औँ मोती जयन्तीको अवसर पारेर राष्ट्रिय विभूति मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरियो ।

सोही समारोहमा बाल साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई २५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्रसहित ‘अभिनव कमला सङ्घर्षशील नारी स्रष्टा सम्मान‘ प्रदान गरियो ।

कार्यक्रमको अन्तिम चरणमा आयोजित २९६औँ मासिक कवि गोष्ठीमा २६ जना स्रष्टाले आ(आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । वाचित रचनाहरूमध्ये गीता बराल, दिवाकर न्यौपाने र गोमा पोखरेललाई ‘उत्कृष्ट प्रस्तुति’तर्फ प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।

सो समारोहमा परशुराम पराशर वासुदेव पौडेल, वसन्त रिजाल, द्वारिका चालिसे, सङ्गीता घिमिरे,विजयध्वज थापा, ललिता दोषी, दिलिप अर्याल, सरिता घिमिरे, मेनका पोखरेल,सुमन पुडासैनी लगायत सयौंका संख्यामा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो । सारदा पराजुलीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।