Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

बाढी प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा नेपाल प्रहरी

३१ बुधबार , भाद्र २०८३८ घण्टा अगाडि

बाढी प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा नेपाल प्रहरी

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजले अस्थायी ९फिल्ड० अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका बाढी प्रभावितका लागि नुवाकोटको विदुरमा पाँच शय्याको लेभल(१ अस्पताल भदौ १४ गतेबाट सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक सहितको विशेषज्ञ चिकित्सक टोली त्यस ठाउँमा खटिएर कार्य गरिरहेको छ । 
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी पश्चातको समयमा विभिन्न रोगहरूको संक्रमण फैलिन सक्ने तथा सामान्य स्वास्थ्य सेवा लिन समेत कठिनाई हुने अवस्थालाई मध्यनजर गरेर नेपाल प्रहरी अस्पतालबाट आवश्यक उपकरणहरू सहितको दक्ष टोलीले उक्त अस्थायी अस्पताल संचालनमा ल्याई सेवा प्रवाह गरिरहेको छ । ’
अस्पतालले विशेषज्ञ चिकित्सक सहितको २४ सै घण्टा आकस्मिक सेवाका साथै ओपिडी र औषधी लगायतका सुविधाहरू सेवाग्राहीहरूलाई निस्शुल्क प्रदान गरिरहेको छ । हालसम्म लेभल(१ अस्पतालबाट २ सय ३६ जना बाढी प्रभावितहरू स्वास्थ्य सेवाबाट लाभान्वित भईसकेका छन् । विपद्का कारण प्रभावित व्यक्तिहरूमा पर्ने मानसिक असर तथा तनावलाई सम्बोधन गर्न नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। आशिष दत्तको टोलीबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक एवम् त्यस क्षेत्रमा उद्दार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ ।
साथै होल्डिङ सेन्टरहरूमा ठुलो संख्यामा मानिसहरू बस्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने अवस्थामा नेपाल प्रहरीको चिकित्सक टोली त्यहाँ पुगि संक्रमणबाट जोगिने उपायका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालनका साथै निस्शुल्क स्वास्थ्य परिक्षण र औषधी ‍वितरण गरी सेवा प्रदान गरिरहेको छ । हाल सम्म विभिन्न होल्डिङ सेन्टरमा रहेका ८ सय ४९ जना व्यक्तिहरूले परामर्श तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यसका साथै बाढीमा बेपत्ता भएका तथा बेवारिसे शवहरूको पहिचान सहज बनाउन फिल्ड अस्पतालले डीएनए नमुना संकलन समेत सञ्चालन गरिरहेको छ ।
नेपाल प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा। नारायण प्रसाद अधिकारी भन्नुहुन्छ, ‘लेभल(१ अस्पतालले बाढी पश्चात प्रभावित क्षेत्रहरूमा हैजाको महामरीको जोखिमलाई दृष्टिगत गरी  विश्व स्वास्थ्य संगठनका कन्ट्री हेडसँगको समन्वयमा नुवाकोट जिल्लामा राहत तथा उद्दार कार्यमा संलग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हैजा महामारी सम्बन्धी सचेतनाका साथै खोप कार्यक्रम समेत संचालन गरिरहेको छ । ’