Advertisement Banner
Advertisement Banner

०१ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित पक्राउ

०१ बिहिबार , आश्विन २०८३६ घण्टा अगाडि

लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, ३१ भदौ । कैलाली, लम्कीचुहा नगरपालिका ४ बाट अवैध लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ४ बस्ने २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले मिलनलाई गाँजा २५ ग्राम र राजेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित पक्राउ गरेको हो ।  
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ फलाँटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिनोद सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
दाङ, ३१ भदौ । लमही नगरपालिका ९ अमिलियास्थित गायत्री सामुदायिक वनबाट भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।