Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

०५ सोमबार , आश्विन २०८३१२ घण्टा अगाडि

लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं, ५ असोज . भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित काठमाडौं कोटेश्वर बस्ने बर्दिया राजापुर नगरपालिका-८ घर भएका २९ वर्षीय राजु थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, इटहरी उपमहानगरपालिका-५ तुलसाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने ३४ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको    छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी कैलाली, जानकी गाउँपालिका-८ भोक्सीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, इनरूवा नगरपालिका-४ महेन्द्र राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-२ बस्ने ३८ वर्षीय नवराज परियार र कास्की पोखरा महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सन्तोष गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    सर्लाही, हरिवन नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५ सय १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका- १० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदिप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले बरथहवाबाट नयाँ रोडतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ मलाही टोलबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय नन्दलाल सहनी र ५० वर्षीय महेश सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा ओसार पसारमा सोही ठाउँ बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।