Advertisement Banner
Advertisement Banner

०७ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित पाँच जना पक्राउ

०७ बुधबार , आश्विन २०८३एक घण्टा अगाडि

लागूऔषध सहित पाँच जना पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, ६ असोज । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सिराहा, सिरहा नगरपालिका १८ बस्ने २४ वर्षीय अशोक कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३ ००१ ख ५१४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बसपार्क पिप्लबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका ८ कमाने बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    चितवन, भरतपुर महानगरपालिका ११ घोल बजार बस्ने २९ वर्षीय सन्दिप श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट, भोमिन १२ ट्याब्लेट र नगद २८ हजार ९ सय ४० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका ११ रानीबेल टोल बस्ने ३३ वर्षीय नविन तिवारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
सुर्खेत, ६ असोज । आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीको हत्या गरेको अभियोगमा चौकुने गाउँपालिका ५ रेक्चा बस्ने ३२ वर्षीय गोपीराम जैसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
आफ्नै घरमा गोपीरामले चन्द्रालाई फरूवाले प्रहार गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।