Advertisement Banner
Advertisement Banner

१० शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित २० जना पक्राउ

०९ शुक्रबार , आश्विन २०८३२१ घण्टा अगाडि

लागूऔषध सहित २० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिका ५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका ४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले बा।प्र।०२(०५९ प ८८३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
प्युठान, नौबहिनी गाउँपालिका(६ स्थित कुलाखोलाबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित ३ जनालाई  बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ६ उपल्लो बहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जिवन केसी र ३२ वर्षीय बिमल केसी रहेका छन् । इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    कञ्चनपुर, बेलौरी नगरपालिका ७ बरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका ९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका १० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले बरैयाबाट बेलौरीतर्फ आउँदै गरेको शु।न।पा।ह ४० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक विक्रम र अटोमा सवार महेशलाई पक्राउ गरेको हो । 
    यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका १८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका ३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    उदयपुर, त्रियुगा नगरपालिका ३ बाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३ एम्पुल, डाइजेपाम ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ बस्ने २२ वर्षीय योगेन्द्र चौधरी र सोही नगरपालिका २ बस्ने २३ वर्षीय सन्तोष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र २ ०१ ००२ प ५७२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।      बर्दिया, बढैयाताल गाउँपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका ११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    चितवन, भरतपुर महानगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद १६ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ, सोही महानगरपालिका ४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका ७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सर्लाही, मलंगवा नगरपालिका ११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रमोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
    सिराहा, नरहा गाउँपालिका ५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका ११ दनुवारी टोल बस्ने २१ वर्षीय सुदिप ठाकुर र सोही नगरपालिका ४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको प्र २ ०१ ००१ प ४३३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
    झापा, मेचीनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका १० बस्ने २७ वर्षीय डम्बर बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    यसैगरी झापा, झापा गाउँपालिका ४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्राम सहित सोही गाउँपालिका २ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।