Advertisement Banner
Advertisement Banner

११ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

१० शनिबार , आश्विन २०८३२१ घण्टा अगाडि

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ९ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका १ घर भएका ३२ वर्षीय सुजन न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।  
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।