Advertisement Banner
Advertisement Banner

११ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

असामाजिक तत्वविरुद्ध प्रहरी झनै सकृय

११ आइतबार , आश्विन २०८३६ घण्टा अगाडि

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु
काठमाडौं, १० असोज । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । 
बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्दार गरिएको छ । 
यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं, १० असोज । काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट, डाईजेपाम ७ सय ८२ एम्पुल, फेनारगन ७ सय ८२ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पुल र नगद ५ लाख ६० हजार ४ सय रूपैयाँ सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका ६ बस्ने ३४ वर्षीय विक्रम घले, मकवानपुर घर भएका २४ वर्षीय बिजय तामाङ, ३३ वर्षीय ललित बहादुर स्याङ्तान, काभ्रे घर भएका ३४ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ३२ वर्षीय रत्न तामाङ रहेका छन् । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका १५ नैकाप बस्ने ३४ वर्षीय बिक्रम घलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ५० ट्याब्लेट, अवैध लागूऔषध पोलेन १ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्राम र नगद २ लाख ७९ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध लिन आएका मकवानपुर थाहा नगरपालिका १२ घर बताउने २४ वर्षीय बिजय तामाङ गोलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको छ । 
    उदयपुर, बेलका नगरपालिका(९ भचुवा बस्ने ३२ वर्षीय युवराज राईलाई अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
    झापा, हल्दिबारी गाउँपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका ८ बस्ने २७ वर्षीय महमत सुलेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले बनियानिबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प ७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    मोरङ, बेलबारी नगरपालिका १ पानी ट्याङकी बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बामदेवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    रौतहट, यमुनामाई गाउँपालिका ४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ५० ग्राम सहित दुर्गा भगवती गाउँपालिका १ पिपरा टोल बस्ने २६ वर्षीय पुजन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले बीआर ३० टि ५०९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।