Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मुगुमा स्याउ, सब्जी बोटमै कुहिदै

१७ शनिबार , आश्विन २०८३एक दिन अगाडि

मुगुमा स्याउ, सब्जी बोटमै कुहिदै

रतनबहादुर रावल, मुगु । यातायात र बजारीकरणको अभावले मुर्मालगायतका गाउँका स्याउ बोटमै कुहिनथालेका छन् । भौगोलिक विकटताले पछाडि परेको हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ९, मुर्मा गाउँ अझै पनि सडक सञ्जालबाट जोडिन सकेको छैन । यातायातको पहुँच नहुँदा यहाँका स्थानीय कृषकहरूले वर्षभरि दुःख गरेर फलाएका स्याउ, आलु र सिमी जस्ता कृषि उपजहरू बोटमै खेर जाने गरेका छन् ।

रारा तालकै काखमा पीडादायी जीवन, अर्थात् ‘स्वर्गकी अप्सरा’ उपनामले चिनिने राराताल यही मुर्मा गाउँको क्षेत्रमा पर्दछ । यो पीडा कहिले बुझ्ने ?